आइतबार, जेठ ३१, २०८३

नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खोल्न चलचित्र निर्देशक समाजको अपिल

भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेका दुई नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा’को अग्रिम बुकिङ खुला गर्न नेपाल चलचित्र निर्देशक समाजले सम्बन्धित निकायलाई अपिल गरेको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेका दुई नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा’को अग्रिम बुकिङ खुला गर्न नेपाल चलचित्र निर्देशक समाजले सम्बन्धित निकायलाई अपिल गरेको छ। समाजले आज विज्ञप्ति निकालेर विदेशी फिल्मको बहानामा नेपाली चलचित्रको शो खोस्नु खेदजनक रहेको बताएको छ। 

National life

समयमै नेपाली चलचित्र सेन्सर भएर हलमा पुग्दा पनि हिन्दी चलचित्र सेन्सर भएको छैन भन्दै टिकट बुकिङ रोकेकोमा समाजले भर्त्सना गरेको छ। समाजले विदेशी फिल्मको दबाबमा राख्ने यस्तो प्रवृत्तिको निन्दा गरेको छ।

साथै निर्देशक समाजले सिनेमा घरहरूको छाता संगठन ‘नेपाल चलचित्र संघ’लाई पनि यस्तो किसिमको काम अविलम्ब रोकी चलचित्रकर्मीहरूको एकआपसमा एकता, विश्वास र आत्मीयता बढाउन अपिल गरेको छ। साथै समाजले अभिभावक संस्था चलचित्र विकास बोर्डलाई पनि नेपाली चलचित्र नै हतोत्साहित पार्ने गैरजिम्मेवारीपूर्ण कार्यलाई बन्देज गर्न अनुरोध गरेको छ।


Shivam cement

चलचित्र 'ऐना झ्यालको पुतली'को टिकट बुकिङ खुला गर्न नेपाल चलचित्र निर्माता संघले पनि माग गरेको छ।

प्रकाशित: Sep 08, 2022| 15:08 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।