धनगढी- कैलालीको गोदावरी नगरपालिका-११ ओलानी खोलामा वगेर एक जना वेपत्ता भएका छन भने एक जनाको उद्धार गरिएको छ।
मछेली खोलामा दाउरा संकलन गर्न गएका स्थानीय २५ वर्षीय सुरेश सुनार वबेर वेपत्ता भएका हुन्। उनीसँगै रहेका १७ वर्षीय शिव विकलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको छ।
मछेली खोलामा गएका दुवै जनामध्ये सुनार वेपत्ता हुँदा विकलाई वगाएर करिव तीन सय मिटर तल पुगेको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उद्धार गरिएका विकको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भईरहेको छ। वेपत्ता सुनारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
उता पुर्व-पश्चिम राजमार्ग अन्तर्गत रहेको खुटिया नदीमा पानीको वहाव बढ्दा नदिको बीचमा फसेका महिलाको शसस्त्र प्रहरी र वडा प्रहरी कार्यालयको टोलीले उद्धार गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४