काठमाडौं– जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ।
लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले गौशाला प्रहरी वृत्तमा बलात्कारको जाहेरी दिएकी थिइन्। त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो।
अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्नेछ। लामिछाने हाल नेपालमा छैनन्। बिहीबार लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)मा कानुनी सहायताका लागि आग्रह गरेका छन्।