झापा- पाँच वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा ५६ वर्षीय पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकी छन्। बुढाथोकीलाई बुधबार दिउँसो झापा प्रहरीले पक्राउ गरेको हो।
भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।