आइतबार, वैशाख २८, २०८२

धपेडी लाग्दो जनजीवनबाट बच्न सिकाउने पुस्तक ‘धेरैको धपेडी’

स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सुत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन्।
 |  बिहीबार, भदौ २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

vianetvianet

काठमाडौं- स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सुत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन्। 

triton college

संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान अनि अध्यापनमा संलग्न रहदै आएका जीवनकुमार प्रसाईंको पुस्तक धेरैको धपेडी’ सार्वजनिक भएको छ।

बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरुलाई सबैले बुझ्नेगरि सरल भाषामा ब्याख्या गरेको छ।

हामी नेपालीहरुको महान चांड अब एकपछि अर्को गर्दै दैलोमै आइपुगेका छन्। यतिबेला हामी खानपीनदेखि लिएर वस्तुको संकलनमा असाध्यै केन्द्रित हुन्छौं। त्यसमाथि पछिल्लो समय हामीले ‘के’ र ‘कति’ भन्दा पनि ‘सकेसम्म धेरै’ भन्नथालेका छौं। यो ‘धेरै’ले उत्पन्न गर्ने ‘धपेडी’ र त्यसले खोस्दै लगेको हाम्रो सुखमय जीवनकै सेरोफेरोमा पुस्तक प्रवेश गरेको छ।

उनले अढाइ दसकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलीफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्। उनले अमेरिकाको नेसनल इन्स्टीट्यूट अफ हेल्थ (एनआइएच) बाट बैज्ञानीक अनुसन्धानका लागि अनुदानसमेत प्राप्त गरेका छन्। खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन्। उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन्।

National life insurance

वैज्ञानिक अध्ययन अनुसन्धानबाट फेला परेका तथ्यहरु क्लिष्ट भाषामा सार्वजनिक भइरहेका हुन्छन्। तिनै कुरालाई हाम्रो मौलिकतासँग जोड्दै सरल भाषामा बुझाउन सक्नु नै लेखक प्रसाईको विशेषता हो।

मानव समाज यतिबेला धेरैभन्दा धेरै उत्पादन र उपभोग गरेर जीवन सम्पन्न र सुखी हुन सक्छ भन्ने उपभोक्तावादी सोचतर्फ अग्रसर हुँदै गएको देखेपछि यस विषयमा आफूले जानेका कुरा पाठक समक्ष राख्न चाहेको प्रसाई बताउँछन्।

उनका अनुसार यो प्रवृत्तिले नै आज मानिस र वातावरण बीचको सन्तुलन पनि खल्बल्याउँदै लगेको छ। यसको परिणाम मधुमेह, हृदयरोग, क्यान्सर जस्ता दीर्घरोगहरु दिन प्रतिदिन महामारीको रुपमा फैलँदै छन्। त्यसैगरि प्रदुषण, ग्लोबल वार्मिङ (वैश्विक उष्णीकरण) अनि वातावरणीय विनासले संक्रामक रोगहरुमा नियन्त्रण पाउन कठिन हुँदै गइरहेको छ।

आज जीवनमा सादगीपन घट्दो छ। सम्पदाको दोहन गरेर भए पनि बढीभन्दा बढी सुविधाको जीवन जिउने लालसा बढ्दो छ। खाद्य सुरक्षा बढेकाले मानिसलाई अधिक सेवन गर्न संभव पनि भएको छ। तर, जतिसुकै धेरै सेवन गरे पनि हाम्रो शरिर भित्रको प्रणालीले थोरैलाई मात्र ग्रहण गर्ने सामथ्र्य राख्छ। ग्रहण गरेको पनि खर्च नहुने हो भने त्यसले गुणभन्दा बैगुन बढी गर्छ भन्ने बुझ्न जरुरी छ। यसलाई नबुझ्दा मोटोपन (ओबेसिटी)को महामारी विश्वभर बढ्दो छ।

प्रसाईका अनुसार पछिल्लो समय अस्पताल र औषधिको पहुँच बढ्दै गएता पनि त्यस अनुसारको आरोग्यता बढ्न सकेको छैन। त्यसमाथि धेरैभन्दा धेरै पैसा पद अनि धन आर्जन र संग्रह गर्ने प्रवृत्तिले सबैको जीवन धपेडीमा छ, असुरक्षाको भय ब्याप्त छ।

‘जीवनको जतन धेरैमा होइन तन, मन र वातावरण बीचको सन्तुलनमा टिकेको हुन्छ,’ लेखक प्रसाई भन्छन्, ‘यो चेतना सँगसँगै सनातनदेखि चलिआएको संस्कृति र सम्पदाको संरक्षण र सम्बर्धन गर्नु आज जरुरी भएको छ।’

पुस्तकमा यिनै कुराहरु वैज्ञानिक तथ्यका आधारमा आम पाठकलाई चार अध्याय ‘कम हुँदैन थोरै’, ‘जीवनको जतन’, ‘शरीरको सामथ्र्य’ र ‘परम्परा, सम्पदा र स्वास्थ्य’ मार्फत् पस्किने प्रयत्न गरिएको छ।

‘प्रकृतिमा धेरै अमूल्य कुरा थोरैमा अभिव्यक्त भएको पाइन्छ,’ लेखक प्रसाई अगाडि भन्छन्, ‘त्यसैले थोरैलाई हेला गर्ने वा कम सम्झनु हुँदैन। थोरै नै सार हो जसमा अंकुरण अनि प्रस्फुरण हुने तत्वहरु लुकेका हुन्छन्। जब हामी अनावश्यकबाट मुक्त हुन्छौं, हाम्रो भौतिक अनि आत्मीक उन्नती सुरु हुन्छ।’

लेखक प्रसाईका पुस्तकहरुले पढेर आनन्द लिनुका साथसाथै पालना गर्न सिकाउने गुण पनि बोकेका हुन्छन्। उनले यसभन्दा अघि पनि खानपान, जीवनशैली र वातावरणले हाम्रो स्वास्थ्य जीवनमा पार्ने प्रभावका बारेमा पुस्तक लेखिसकेका छन्। उनका ‘जीवन जिउने काईदा’, ‘सँधै तन्नेरी’ र ‘वरीपरी नै सर्वोपरी’ गरेर तीनवटा पुस्तक यस अगावै पब्लिकेशन नेपालयबाट प्रकाशित भइसकेका छन्।  

‘सबैको सरोकार जोडिएको भएता पनि यस विषयमा प्रवेश गरेर हामीकहाँ हालसम्म पुस्तक प्रकाशित भएको थिएन,’ पब्लिकेशन नेपालयकी कार्यकारी प्रमुख सैजन मास्के भन्छिन्, ‘पाठकहरु समक्ष बौद्धिक खुराकका साथै समग्र स्वास्थ्य चेतनासमेत पस्कने हिसाबले यो पुस्तक प्रकाशन गरेका हौं।’

प्रकाशित: Sep 08, 2022| 13:43 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।