शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गायक शिव परियार भन्छन्- बलात्कार व्यवसायको भण्डाफोर गरौं

गायक शिव परियार भन्छन्- बलात्कार व्यवसायको भण्डाफोर गरौं

बुधबार सामाजिक सञ्जालमार्फत गायक परियारले नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुन लागेको भन्दै सो प्रतिक्रिया दिएका हुन्।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको बताएका छन्। 

National life

बुधबार सामाजिक सञ्जालमार्फत गायक परियारले नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुन लागेको भन्दै सो प्रतिक्रिया दिएका हुन्।

बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरूको देश हो’ भन्ने नजिर स्थापित हुने उनको टिप्पणी छ।

‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु,’ उनले भने।

‘सम्माननीय नेपाल सरकार, यो पेसेवर पीडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो । कृपया अनुसन्धान होस्,’ उनले भने।

प्रकाशित: Sep 08, 2022| 11:16 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।