शुक्रबार, जेठ १, २०८३

सिरहाबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

सिरहा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

सिरहा- सिरहा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।

National life

लहान नगरपालिकास्थित प्रादेशिक अस्पतालभित्र रहेको पार्किङ स्थलबाट चोरी भएको को.२६ प.१८३६ नम्बरको सेतो रंगको अपाचे मोटरसाइकल, लहान नगरपालिका वडा नम्बर १ स्थित सनराईज होटल अगाडी पार्किङ स्थलबाट चोरी भएको मोटरसाइकल स.६ प.१७७ नम्बरको खैरो रंगको सुजुकी जिक्सर मोटरसाईकलसहित चोरीमा संलग्नहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष २० का नविन कुमार महतो, बर्ष २४ का राकेश राय र सिरहा नवराजपुर गाउँपालिका वडा नम्बर ३ जगतपुर बस्ने वर्ष २२ कासन्तोष कुमार यादव रहेका छन्।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर सिरहा जिल्ला अदालतबाट चोरीसम्बन्धी कसुरमा पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

प्रकाशित: Sep 08, 2022| 08:46 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।