बिहीबार, साउन १४, २०८३

शिक्षकले हातै भाँचिने गरी विद्यार्थी कुटेपछि...

दाङको शान्तिनगर गाउँपालिका ३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

दाङ- दाङको शान्तिनगर गाउँपालिका ३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ। विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ वर्षीय विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गरेका हुन्। 

शिक्षक भण्डारीको कुटाइबाट विद्यार्थी बुढाथोकीको हात भाँचिएको छ। शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपको लाठीले प्रहार गर्दा बुढाथोकीको हात भाँचिएको प्रहरीले जनाएको छ। शिक्षकको पिटाइबाट एउटा हात फ्याक्चर हुनुका साथै दुबै हात सुनिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले  जनाएको छ।

तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादु शाहीका अनुसार विद्यार्थीको दायाँ हातको हड्डी फुटेको छ। शिक्षकले विद्यार्थीलाई कक्षाकोठा बाहिर ल्याएर पाइपको लठ्ठीले निर्मम तवरले कुटपिट गरेको विद्यार्थीहरूको आरोप छ।

आरोपित शिक्षक भण्डारी भने कक्षा कोठामा विद्यार्थीले आपसमा झगडा गरेपछि लाठीले पुट्ठामा हान्दा हातमा लागेर औला फ्याक्चर भएको दाबी गर्छन्। उनले सामान्य विषय भएका कारण मिडियामा जानु गलत भएको बताए। उनले आफैँले विद्यार्थीलाई हस्पिटल लगेर गएको दाबी गरेका छन्।

घाइते विद्यार्थीकोको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पलाष्टर गरिएको छ। विद्यार्थी कुटपिट गर्ने शिक्षक बिरुद्ध प्रहरी चौकी चिराघाटमा अभिभावकले उजुरी समेत दिएका छन्।

विद्यार्थी कुटपिट भएको विषयलाई लिएर तीन विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छन्। 

अनेरास्ववियू दाङका संयोजक सर्जन परियार, अनेरास्ववियू क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महरा, अखिल क्रान्तिकारी दाङका खुमन पौडेलले संयु्क्त प्रेस विज्ञप्ती जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन्। 

विद्यार्थी बुढाथोकीलाई निर्घात कुटपिट गरेपछि विद्यार्थी संगठनले शिक्षकलाई कारबाहीको माग गरेका छन्।

प्रकाशित: Sep 08, 2022| 07:10 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।