सोमबार, चैत २, २०८२

कक्षा १२ को नतिजामा देशभरमै सर्वोत्कृष्ट परितोष, जो सधैँ अध्ययनमा तल्लीन रहन्थे

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको २०७८ सालको कक्षा १२ को बोर्ड परीक्षाको नतिजामा सेन्ट जेभियर कलेज, काठमाडौंका छात्र परितोष रिसालले सर्वोत्कृष्ट नतिजा ल्याएका छन्।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको २०७८ सालको कक्षा १२ को बोर्ड परीक्षाको नतिजामा सेन्ट जेभियर कलेज, काठमाडौंका छात्र परितोष रिसालले सर्वोत्कृष्ट नतिजा ल्याएका छन्। रिसाल ३.९६ जीपीए ल्याएर सर्वोत्कृष्ट (नेपाल टप) भएका हुन्। 

National life

यस वर्ष १२ कक्षामा देशभरिबाट जीपीए ४ ल्याउनेको सङ्ख्या शून्य रहेको छ। एक लाख ८८ हजार ४१० जना परीक्षार्थी नन ग्रेडेड छन्। 

जीपीए ३.९६ प्राप्त गरी सर्वोत्कृष्ट नतिजा ल्याउन सफल परितोष रिसाल सेन्ट जेभियर, काठमाडौंका विज्ञान विषयका विद्यार्थी हुन्। 

२०७६ सालको एसईई परीक्षामा भ्याली भ्यु स्कुल, मध्य बानेश्वर काठमाडौंबाट जीपीए ४ (आन्तरिक मूल्याङ्कनबाट) ल्याएका परितोष पढाइमा सानै कक्षादेखि लगनशील र मेधावी रहेको भ्याली भ्यु स्कुलका अङ्ग्रेजी विषयका शिक्षक दीपक मिश्रले बताए। 

लकडाउनका समयमा पनि आफूले रुचिपूर्वक पढाइमा समर्पित भएर सर्वोत्कृष्ट नतिजा ल्याउन सकेको र मिहिनेतबाटै राम्रो नतिजा सम्भव हुने परितोषले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 08, 2022| 06:37 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्