शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन नजिकिँदै गर्दा झन्डै आठ सय कर्मचारीको सरुवा

निर्वाचन नजिकिँदै गर्दा झन्डै आठ सय कर्मचारीको सरुवा

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै सरकारले कर्मचारीको सरुवालाई तिव्रता दिएको छ। केही दिन पहिले एक दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको सरकारले पुन: झन्डै आठ सय कर्मचारीको सरुवा गरेको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै सरकारले कर्मचारीको सरुवालाई तिव्रता दिएको छ। केही दिन पहिले एक दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको सरकारले पुन: झन्डै आठ सय कर्मचारीको सरुवा गरेको छ।

National life

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको हो।

लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत ७ सय ८४ जना कर्मचारीको सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयले सरुवाको लागि २० भदौसम्म निवेदन दिने समय तोकेको थियो।

सरकारले विभिन्न मन्त्रालय र निकायमा हतारहतारमा कर्मचारीको सरुवा गरेको बताइएको छ। आयोग ४ मंसिरमा तय गरिएको निर्वाचनको तयारीमा जुटिसकेको छ। र, आयोगले आचारसंहिता सार्वजनिक गरिसकेको छ। आचारसंहिता लागू हुन भने बाँकी छ। 

आयोगले निर्वाचन आचारसंहिता लागू गरेपछि सरकारले कर्मचारी सरुवा गर्न पाउने छैन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचारसंहिता छल्ने उद्देश्यले एकैदिन ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको बताइएको छ। सरुवा भएका सबै जना एक स्थानीय तहबाट अर्को स्थानीय तहमा गएका छन्।

लोकसेवा आयोगको सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 08, 2022| 06:25 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।