सोमबार, चैत २, २०८२

शिक्षक सेवा आयोगको गणित परीक्षा: २९९ मागिएकोमा १५१ मात्र उत्तीर्ण

शिक्षक सेवा आयोगले सार्वजनिक गरेको माध्यमिक तहको गणित विषयको परीक्षाफलमा माग गरिएको भन्दा कम विद्यार्थी पास भएका छन्।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- शिक्षक सेवा आयोगले सार्वजनिक गरेको माध्यमिक तहको गणित विषयको परीक्षाफलमा माग गरिएको भन्दा कम विद्यार्थी पास भएका छन्।

National life

बुधबार सार्वजनिक भएको गत चैत १५ गते र असार ९ गते लिइएको परीक्षाको नजितामा पद संख्याजति पनि परीक्षार्थी उत्तीर्ण हुन नसकेका हुन्।

नतिजाअनुसार देशभर सबै प्रदेशमा गरी गणित विषयमा २९९ जना माग गरिएको थियो। जसमध्ये १५१ जनाको नाम मात्र अन्तर्वार्ताको लागि छनोट भएको छ।

प्रदेशगत नतिजा केलाउदा सबैभन्दा राम्रो नतिजा प्रदेश १ मा देखिन्छ भने कर्णाली र सुदुरपश्चिम कमजोर देखिन्छ। प्रदेश १ मा ७६ जना माग भएकोमा जम्मा २८ जना अन्तर्वार्ताका लागि छनोट भएका छन्। प्रदेश १ मा १४० जना दोस्रो (विषयगत) परीक्षमा सामेल भएका थिए।

मधेश प्रदेशमा १७ जनाको लागि लिइएको परीक्षामा ४ जना मात्र अन्तर्वार्ताको लागि छानिएका छन्। परीक्षामा जम्मा १५ जना सहभागी थिए।

Laxmi sunrise bank
kumari

त्यस्तै बागमती प्रदेशमा ५९ जनाको कोटामा ५४ जना अन्तिम चरणमा पुग्न सफल भएका छन्। यस प्रदेशमा १७७ जनाले परीक्षा दिएका थिए।

गण्डकी प्रदेशमा ५५ जनाको मागमा ३२ जना अन्तर्वार्ताका लागि छानिएका छन्। यस प्रदेशमा १५० जना विषयगत परीक्षामा सहभागी भएका थिए।

लुम्बिनीमा ३७ जनाको कोटामा जम्मा १४ जना मात्र अन्तर्वार्ताका लागि छानिएका छन्। यहाँ ७३ जनाले परीक्षा दिएका थिए।

कर्णालीमा २९ जनाको कोटामा जम्मा ८ जना अन्तर्वार्तासम्म पुगेका छन्। यस प्रदेशमा ६१ जना विषयगत परीक्षामा सामेल थिए। र, सुदूरपश्चिम प्रदेशमा पनि १६ जनाको कोटामा ११ जना मात्र अन्तर्वार्ताको लागि छानिएका छन्। यसमा ४५ जनाले परीक्षा दिएका थिए।


प्रकाशित: Sep 07, 2022| 23:46 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्