बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

नेवार समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– नेवार समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ। काठमाडौं जिल्ला अदालतले सिंहविरुद्ध अनुसन्धानका लागि थप समय हिरासतमा राख्न बुधबार अनुमति दिएको हो।

भोलि बिहीबार सिंहको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाइने प्रहरीले बताएको छ। यसअघि अपूर्वका परिवार र नेवार समुदायका अभियन्ताबीच छलफल भएर क्षमापत्र लेखाएर उनलाई छुटाउने प्रक्रिया अघि बढाउने सहमति भएको थियो। क्षमायाचना गरेर भिडियो हटाए पनि एक साताभन्दा लामो समयदेखि हिरासतमा राखिएको भन्दै क्षितिजको रिहाइको माग भइरहेको छ। सामाजिक सञ्जालदेखि संसद्सम्म समेत उनको रिहाइको माग भइरहेको छ।

बुधबारमात्रै संसद्मा विशेष समय लिएर नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो हास्य कला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का परे पनि क्षमायाचनापछि थुनामा राखिएको भन्दै आपत्ति जनाएका थिए।

कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीप्रति अभियन्ताहरुले आपत्ति जनाएका हुन्। नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएका थिए। 

सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर टेकुमा किटानी जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई भदौ १२ गते अभद्र व्यवहारको कसूरमा पक्राउ गरेको हो।

प्रकाशित: Sep 07, 2022| 15:53 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।