शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारीको सहयोग बिना देश अघि बढ्न सक्दैन : प्रधानमन्त्री देउवा

कर्मचारीको सहयोग बिना देश अघि बढ्न सक्दैन : प्रधानमन्त्री देउवा

बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको समृद्धिका लागि कर्मचारीको भूमिका महत्त्वपूर्ण भएको बताएका हुन्।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुरले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताएका छन्।

National life

बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको समृद्धिका लागि कर्मचारीको भूमिका महत्त्वपूर्ण भएको बताएका हुन्।

उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताए। प्रधानमन्त्री देउवाले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताए। 

उनले कर्मचारी दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए। प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे ।

जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने देउवाको भनाइ छ। उनले कर्मचारी नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलले मात्रै चाहेर केही नहुने बताए। 

अहिले देशको आम्दानी नहुँदा कर्मचारीलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको उनको भनाइ छ। ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन। यो सत्य हो। अस्थायी सरकार हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ। यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो? राजनीतिक दलहरू मात्रै हो कि ब्यूरोकेसी पनि हो? किन काम भइरहेको छैन? व्यापक छलफल गरौं,' देउवाले भने।

आफूहरू पाँच वर्षका लागि आउने भए पनि कर्मचारी पेन्सन पाक्नसम्म बन्ने उनको भनाइ थियो। 'पोलिसिले मात्रै केही हुनेवाला छैन। ब्यूरोकेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन। अहिले स्थानीय तहसम्म ब्यूरोकेसी छ,' उनले भने। विकासका लागि सबै जिम्मेवार हुन आवश्यक रहेको उनले बताए।

प्रकाशित: Sep 07, 2022| 13:57 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।