शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छ : उपप्रमुख डंगोल

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छ : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन्।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन्।

National life

बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएकी उनले यस्तो बताएकी हुन्। उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताइन्।

उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकालाई बोलाइसकेको उल्लेख गर्दै बिहीबार अतिथिहरू आउने क्रम जारी रहने बताइन्। उनले कोरोना संक्रमण पुनः बढ्न थालेकोले महानगरले बोलाएका पाहुनामा कमी हुनसक्ने पनि बताइन्।

उनले बोलाइएका पाहुना र देशवासीसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि बताइन्। उनले भनिन्, ‘यो जात्राको महत्त्व विविधतायुक्त छ। आजबाट विधिवत इन्द्रजात्रा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्छ। यो काठमाडौंको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो।'

इन्द्रध्वजोत्थनमा सहभागी स्थानीयहरूले यस वर्ष पर्यटकलाई जात्रा हेर्न सहजीकरण हुने बताए। उनीहरूका अनुसार इन्द्रजात्रामा इन्द्रजात्राका महत्त्व उजागर गर्ने योजना रहेको पनि बताए।

प्रकाशित: Sep 07, 2022| 12:35 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।