शनिबार, जेठ २, २०८३

हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो

आजबाट विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको छ। बुधबार बिहान हनुमानढोकामा ७:१७ मिनेटको शुभ साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याइएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- आजबाट विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको छ। बुधबार बिहान हनुमानढोकामा ७:१७ मिनेटको शुभ साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याइएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो।

National life

हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत् सुरु हुने परम्परा छ। इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाल उपस्थित रहेका थिए। 

इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ। यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो। इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ। 

इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा, आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ।

इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिङ्गो (ध्वजा) स्थापना हो। १२औंदेखि १८औं शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। 

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। 

इन्द्रजात्रा र लिङ्गो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, वृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ।

प्रकाशित: Sep 07, 2022| 12:29 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।