शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • होटलको सीसी क्यामेरामा सन्दीप र जाहेरी दिने किशोरी देखिएका छन् : प्रहरी

होटलको सीसी क्यामेरामा सन्दीप र जाहेरी दिने किशोरी देखिएका छन् : प्रहरी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिगमाथि जबरजस्ती करणीको जाहेरी परेपछि नेपाल प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिगमाथि जबरजस्ती करणीको जाहेरी परेपछि नेपाल प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। सन्दीपविरुद्ध हिजो मंगलबार जाहेरी दर्ता भएपछि गौशाला प्रहरी वृत्तले अनुसन्धान सुरु गरेको हो।  

National life

यसैक्रममा प्रहरीले घटना भएको रात सन्दीप बसेको होटलका सीसीटीभी फुटेज संकलन गरेको छ। नगरकोट र काठमाडौंमा उनी बसेका होटलको सीसीटीभी फुटेज प्रहरीले मगाएको हो। 

गत भदौ ५ गते सन्दीपले सिनामंगलस्थित एक होटलमा लगेर १७ वर्षीया किशोरीमाथि पटक पटक बलात्कार गरेको जाहेरी परेको छ। जाहेरी दर्ता भएपछि किशोरीको स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

ती किशोरीसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएको, बेलुका त्यहीँको होटलमा मदिरा पिएको र राति काठमाडौं फर्किएर होटलमा किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। सन्दीप र ती किशोरी भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सिनामंगलस्थित होटलमा सन्दीप र ती किशोरी गएको सीसी क्यामेरामा देखिएको छ। नगरकोटको होटलबाट भने फुटेज आइसकेको छैन।

प्रकाशित: Sep 07, 2022| 12:26 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।