शनिबार, जेठ २, २०८३

स्वास्थ्यका ८ जना निर्देशकको सरूवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौं तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौं तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ। स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य समूहका ८ जना अधिकृतको सरुवा गरेका हुन्।

National life

मन्त्री खापुङले प्रसूति गृह अस्पतालको निर्देशकको जिम्मेवारी डा. पवनजंग रायमाझीलाई दिएका छन्। रायमाझी यसअघि स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक थिए। यस्तै भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगालेलाई पठाइएको छ। यसअघि उनी हेटौंडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा थिए।

यस्तै सार्क क्षयरोग केन्द्रमा रहेका डा. अनुप बास्तोलालाई उपचारात्मक महाशाखाको निर्देशक बनाइएको छ। सार्क क्षयरोग केन्द्रमा भने यशोदा अर्यालको पदस्थापन गरिएको छ।

राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रमा विजयकुमार झालाई ल्याइएको छ। उनी मधेश प्रदेश स्वास्थ्य निर्देशनालयमा थिए। त्यहाँका निर्देशक सुनिल शर्मालाई प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशमा पठाइएको छ। निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्ता भएको छ। उनी लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रमा जानेछन्। किटजन्य रोग प्रयोगशालामा भने केशव पण्डितलाई नै फर्काइएको छ।

प्रकाशित: Sep 07, 2022| 12:08 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।