सोमबार, चैत २, २०८२

६ बुँदे सहमतिपछि कान्ति बाल अस्पतालको आन्दोलन फिर्ता

कान्ति बाल अस्पतालमा जारी आन्दोलन सहमतिपछि फिर्ता भएको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- कान्ति बाल अस्पतालमा जारी आन्दोलन सहमतिपछि फिर्ता भएको छ। 

National life

कर्मचारीहरुले विभिन्न २४ बुँदे माग राखेर अस्पताल प्रशासनविरुद्ध आन्दोलन गर्दै आएका थिए। अस्पतालको तर्फबाट डा. प्रकाश जोशीको नेतृत्वमा ५ सदस्यीय टोली र आन्दोलनरत कर्मचारीको तर्फबाट शमशेर नेपालीको नेतृत्वमा वार्ता टोली गठन भएको थियो।

वार्ता टोलीबीचको विभिन्न चरणको औपचारिक र अनौपचारिक छलफलपछि ६ बुँदे सहमति भएको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए। सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन्। कर्मचारीहरुले १३ भदौदेखि २४ बुँदे माग राखेर आन्दोलन गरिरहेका थिए। ‘भोलि बोर्ड बैठक राखेर उहाँहरुसँगको सहमतिअनुसार हामी पत्र लेखेर मन्त्रालयलाई पठाउँछौं,’ डा. बसौलाले भने, ‘ १३ गतेको बोर्डले करार सकिएका कर्मचारकिो म्याद थप्ने निर्णय गरिसकेको छ। त्यो पनि कार्यन्वयनमा लैजान्छौं।’ 

यस्तो छ ६ बुँदे सहमति 
१. कान्ति बाल विकास समिति यथाशीघ्र गठन गर्न संयुक्त रुपमा औपचारिक पहल गर्ने 

२. कानुनअनुसार करार थप गर्न विकास समितिमा सिफारिस गर्ने 

Laxmi sunrise bank
kumari

३. विकास समितिका कर्मचारीहरुको विगत वर्षजस्तै सुविधा कम नहुने गरी प्रस्ताव गर्ने 

४. २४ बुँदे मागका ५ र ८ बुँदा कार्यन्वयनका लागि सिफारिस गर्ने 

५. बुँदा नं. १६ को सम्बन्धमा राम्रो बैक आएमा अर्कोसँग सहमति गरेर जाने 

६. १३ गतेबाट जारी आन्दोलनका कार्यक्रम फिर्ता लिने

प्रकाशित: Sep 07, 2022| 12:06 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्