शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्यानले बोलायो आकस्मिक बैठक, सन्दीप निलम्बित हुन सक्ने

क्यानले बोलायो आकस्मिक बैठक, सन्दीप निलम्बित हुन सक्ने

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको जाहेरी परेपछि क्यानले सन्दीपको विषयमा निर्णय गर्न बैठक बोलाएको हो।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले आकस्मिक बैठक बोलाएको छ। राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको जाहेरी परेपछि क्यानले सन्दीपको विषयमा निर्णय गर्न बैठक बोलाएको हो।

National life

क्यान अध्यक्ष चतुरबहादुर चतुरबहादुर चन्दले सन्दीपविरुद्ध जाहेरी परेपछि बैठक डाकिएको जानकारी दिए। बैठकले सन्दीपको कप्तानीका विषयमा निर्णय लिन सक्नेछ। बलात्कार आरोप लागेकाले सम्भवतः क्यान बैठकले बुधबार उनलाई तत्काल निलम्बनमा राख्ने निर्णय गर्नेछ।

सन्दीपविरुद्ध मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षीया किशोरीले उजुरी दिएकी थिइन्। ५ भदौमा सन्दीपले गौशालस्थित एक होटलमा लगेर ती युवतीलाई बलात्कार गरेको आरोप उजुरीमा छ।

ज्ञानेन्द्र मल्लसहितका चार खेलाडी अनुशासन उल्लंघनको आरोपमा कारबाहीमा परेपछि क्यानले गत वर्ष मंसिरमा सन्दीपलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो।

प्रकाशित: Sep 07, 2022| 11:20 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।