शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्द्रजात्रा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण : पर्यटनमन्त्री श्रेष्ठ

इन्द्रजात्रा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनको लागि प्रमुख आकर्षण रहेको बताएका छन्।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनको लागि प्रमुख आकर्षण रहेको बताएका छन्। 

National life

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा सुरुवातको अवसरमा आज हनुमानढोका पुगेका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगन्ती मूर्त-अर्मूत संस्कृति र सम्पदाहरूको प्रचार–प्रसारबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताए। 

मुलुकको सांस्कृतिक धरोहरको रूपमा रहेको इन्द्रजात्राको काठमाडौं उपत्यकामा मनाइने अन्य जात्रा र चाडपर्वमध्ये विशिष्ट स्थान रहेको उनले बताए। 

नेपालका विभिन्न जातजातिका संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटक लोभ्याउने खालका रहेको बताउनुहुँदै उहाँले संस्कृति र सम्पदाहरूलाई पर्यटनसँग जोडेर स्थानीय जनताको जीवनस्तर उकास्ने आफ्नो कार्ययोजना रहेको बताए। 

सांस्कृतिक सम्पदाको प्रवर्द्धनमार्फत पर्यटकलाई आकर्षित गर्ने र नेपालको समृद्धिमा यसलाई उपयोग गर्न सकिने उनको भनाइ छ। 

काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिगों ठड्याइएपछि इन्द्रजात्रा सुरुवात भएको छ। 

आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने गरिन्छ। जात्रा पर्व सञ्चालनका लागि प्रदान गरिने अनुदान समयसापेक्ष बनाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका थिए।

प्रकाशित: Sep 07, 2022| 11:02 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।