कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ पानीधारामा गाईसँग मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका-१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन्।
पूर्व-पश्चिम राजमार्गमा लु२९प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका भट्टराईको उपचारको क्रममा सामुदायीक अस्पताल चार नम्बरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते मोटरसाइकलमा पछाडी सवार उनकै ४८ वर्षीया भाउजू राधा भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ।