काठमाडौं- नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमीटेड र जनता बैंक नेपाल लिमीटेडबीच आगामी भदौ १५ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
यस सम्झौताअनुसार एनबीआईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने जनाइएको छ। सम्झौता अनुसार जनता बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ।
उक्त सम्झौतापत्रमा जनता बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत श्री संजिब सुब्बाबीच हस्ताक्षर भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४