शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीले भन्यो- सन्दीपबारे सूक्ष्म अनुसन्धान भइरहेको छ

प्रहरीले भन्यो- सन्दीपबारे सूक्ष्म अनुसन्धान भइरहेको छ

बलात्कार मुद्दामा जाहेरी परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको जनाएको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं-  बलात्कार मुद्दामा जाहेरी परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको जनाएको छ।

National life

जिल्ला प्रहरी परिसर, काठमाडौंले कप्तानलामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको बताएको हो। 

लामिछानेले ५ भदौमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। स्याङ्जा स्थायी घर भएकी १७ वर्षीया किशोरीलाई लामिछानेले भदौ ५ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ।

प्रहरीका अनुसार पीडितले दिएको जाहेरीमा ५ भदौमा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगेर राती बलात्कार गरेको जाहेरीमा उल्लेख छ। स्वास्थ्य जाँचपछि पीडित किशोरीलाई प्रहरी संरक्षणमा राखिएको छ।

काठमाडौंमा राती ११:५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा र ६ गते बिहान १२:२५ मा पटक-पटक लामिछानेले जबरजस्ती करणी गरेको आरोप लगाई २१ भदौमा प्रहरी वृत्त, गौशालामा जाहेरी परेको थियो।

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको बताइएको छ। लामिछाने भदौ ६ गते टी-२० सिरिज खेल्न केन्यामा छन्।

प्रकाशित: Sep 07, 2022| 10:27 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।