शनिबार, जेठ २, २०८३

वीरगन्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

पर्सा- पर्साको वीरगन्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ। महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ।

National life

नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरिएको हो।

 गण्डक चोकदेखि विद्युत् गृह, घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया मठ, बिर्ता मन्दिर, नारायणी अस्पताल, वीरगन्ज भन्सार कार्यालय हुँदै दक्षिणमा शङ्कराचार्य द्वारसम्म सडकको दायाँबायाँ अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सूचना जारी गरिएको छ।

सडकको दुवैतर्फ निर्माण भएका घरको महानगरपालिकाबाट नक्सा स्वीकृत भए नभएको सबुत प्रमाण लिइ ३५ दिनभित्र महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा सम्पर्क राख्न सरोकारवालालाई आग्रह गरिएको छ। 

सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको प्रमाणित भए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गरिने सिंहले बताए। 

प्रकाशित: Sep 07, 2022| 09:47 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।