शनिबार, जेठ २, २०८३

अमलेखगन्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाइने

निगमले अब भने उक्त पाइपलाइनबाटै पेट्रोलसमेत आयात गर्न निगमको अमलेखगञ्जस्थित डिपो परिसरमा दुई वटा भण्डारण ट्याङ्की निर्माणको काम अघि बढाएको हो।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

वीरगन्ज- नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (टङ्की) निर्माणको काम अघि बढाएको छ।

National life

हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म पाइपलाइनमार्फत डिजेल मात्र आयात गर्दै आएको थियो। निगमले अब भने उक्त पाइपलाइनबाटै पेट्रोलसमेत आयात गर्न निगमको अमलेखगञ्जस्थित डिपो परिसरमा दुई वटा भण्डारण ट्याङ्की निर्माणको काम अघि बढाएको हो।

जसका लागि भारतीय आयल कर्पोरेसनले पेट्रोल भण्डारण गृह निर्माणका लागि आवश्यक ठेक्का प्रक्रिया पूरा गरिसकेकाले आगामी दसैँपछि भण्डारण गृह निर्माण  काम सुरु हुने अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर प्रदीप यादवले जानकारी दिए।

हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म करिब ६९ किमी लामो पाइपलाइनमार्फत डिजेल आयात गर्दै आएको छ। अब निर्माण हुने पेट्रोल भण्डारण गृह (ट्याङ्की) मध्ये प्रतिट्याङ्की चार हजार एक सय किलोलिटर क्षमताको हुनेछन्।

नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दु अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण भएपछि पाइपलाइनमार्फत नेपालमा पेट्रोल आयात गर्न थप सहज हुनेछ। पेट्रोल सङ्कलन गर्ने दुई वटा भण्डारण ट्याङ्की निर्माणपश्चात् निगमलाई पेट्रोल आयातमा प्रतिलिटर करिब एक रुपैयाँ ५० पैसा ढुवानी खर्च सस्तो पर्ने आँकलन गरिएको आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए। 

करिब ३ अर्ब २६ करोडको लागतमा निर्माण हुने दुई वटा  पेट्रोल भण्डारण ट्याङ्की निर्माणको कार्य आगामी सन् २०२४ को जनवरीसम्म सम्पन्न हुने लक्ष्य रहेको छ। हाल मोतिहारीदेखि अमलेखगञ्जसम्म करिब ६९ किलोमिटर लामो पाइपलाइनबाट प्रतिघण्टा दुई लाख ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ। तर पेट्रोलका लागि भारतबाट ट्याङ्करमार्फत आयात भइरहेको छ।   -रासस

प्रकाशित: Sep 07, 2022| 08:05 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।