शनिबार, वैशाख ६, २०८२

चिकित्सक कुटिएको जुम्ला घटनामा पीडित को?

काठमाडौंमा डा. साहको उपचार भयो, उता जुम्लामा भने पिडक भनिएका अस्पतलाका कर्मचारी धनबहादुर शाहीको तर्फबाट भदौ १३ गते डा. करण साहीको विरुद्धमा उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा दरखास्त परेको थियो।
 |  बुधबार, भदौ २२, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, भदौ २२, २०७९

vianetvianet
काठमाडौं– यही भदौ २ गते जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. करण साहमाथि अस्पतालकै प्रशासनका एक कर्मचारीले कुटपिट गरे। अस्पतलका कर्मचारी धनबहादुर शाहीले छोराको उपचार नगरेको भन्दै चिकित्सकलाई कुटेका थिए। कुटपिटपछि डा. साहलालाई अस्तपालमा भर्ना गरेर राख्नुपर्ने भयो।
घटना भएको दिनभर अस्पताल प्रशासनमा तनावयुक्त वातावरण सिर्जना भयो। अस्पतालकै कर्मचारीबाट सुरक्षित नभएको भन्दै चिकित्सकहरु दोषीलाई कारबाहीको माग गर्दै प्रहरीसमक्ष पुगे। तर बेलुका ४ बजेसम्म पनि प्रहरीले किटानी जाहेरी लिन मानेन। केही स्थानीय, केही राजनीतिक दलका व्यक्तिले कुटपिट गर्ने व्यक्तिलाई संरक्षण गर्न खोजेकाले उजुरी दर्ता हुन सकेको थिएन। जाहेरी लिन
नमानेपछि गृह मन्त्रालयले नै जाहेरी लिनका लागि आदेश दिएपछि बेलुका ७ बजेमात्रै उजुरी दर्ता भएको थियो।
घटनाको भोलिपल्ट भदौ ३ गते नेपाल चिकित्सक संघको टोली जुम्लास्थित प्रतिष्ठानमा पुग्यो। संघका केन्द्रीय उपाध्यक्ष अनिलविक्रम कार्की, महासचिव बद्री रिजाल र कोषाध्यक्ष प्रकाश बुढाथोकी जुम्लास्थित प्रतिष्ठानमा पुगेका थिए। प्रतिष्ठान पुगेका संघका प्रतिनिधिले प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसहितका पदाधिकारी, आक्रमणमा परेर घाइते भएका डा. साहसँग छलफल गरी उनलाई काठमाडौं लिएर आए। 

यो घटना यत्तिकैमा सकिएन। काठमाडौंमा डा. साहको उपचार भयो, उता जुम्लामा भने पिडक भनिएका अस्पतलाका कर्मचारी धनबहादुर शाहीको तर्फबाट भदौ १३ गते डा. करण साहीको विरुद्धमा उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा दरखास्त परेको थियो। 

triton college

जुम्लामा पिटिएका डा. करण साह।
कुटपिट गर्ने धनबहादुर शाहीकी श्रीमती आशा हमाल (शाही) ले मुद्दा दर्ता गरेकी थिइन्। उनले २ भदौमा पेट दुखेर उपचारका लागि पुगेका छोरालाई उपचारका लागि साहसँग बारम्बार अनुरोध गर्दा पनि नमानेको भन्दै मुद्दा दर्ता गराएकी थिइन्। 

त्यसअघि उनले ६ भदौमै साहविरुद्ध बाल हिंसाको जाहेरी दरखास्त दर्ता गर्न खोज्दा प्रहरीले नमानेपछि जिल्ला सरकारी वकिलकाे कार्यालय जुम्लामा जाहेरी दरखास्तको सिफारिस मागेको र त्यहीअनुसार १० भदौमा सिफारिस प्राप्त भएको थियो। सोही अनुसार उनले भदौ १३ मा मुद्दा दर्ता गराएकी थिइन्। त्यसपछि जिल्ला अदालत जुम्लाले साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गर्यो। 

पक्राउ पुर्जी जारी भएसँगै चिकित्सक संघले आपत्ति जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै डा. करण साहलाई बाल हिंसाबिरुद्धको झुटा मुद्दा बनाई पक्राउ पुर्जी जारी भएको भन्ने सूचनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। 

‘भाद्र २ गते प्रतिष्ठानकै कर्मचारीबाट हातपात गरी गम्भीर घाइते बनाइएको प्रति नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको सोही दिन ध्यानाकर्षण भई घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाउनका लागि सरोकारवाला निकायमा गरिएको दबाबस्वरुप हाल निजलाई थुनामा राखी अनुसन्धान भइरहेकोमा हाल पीडित चिकित्सकलाई नै बाल हिंसाविरुद्धको झुटा मुद्दा बनाई पक्राउ पुर्जी जारी भएको भन्ने सूचना प्रकाशित भएकोमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ।

National life insurance

अस्पताल वा कार्यस्थलमा कुनै चिकित्सकद्वारा बाल हिंसाको घटना भएको भन्ने शंका लागेमा मुलुकी संहिता सम्बन्धि नेपाल ऐनलाई संसोधन गर्ने ऐन २०७५ को दफा ७४ को १८९ को उपदफा ३ र ४ बमोजिम अपराध संहिताको दफा २३१, २३२, २३३ र २३८ बमोजिमको कसुरको अनुसन्धान नेपाल मेडिकल काउन्सिलको संयोजकत्वमा तोकिए बमोजिम अनुसन्धान गरी कसूर गरेको प्रमाण भेटिएमा निजविरुद्ध मुद्दा चलाउन सम्बन्धित सरकारी वकिलको कार्यालयलाई लेखी पठाउनेछ भनि कानुनी व्यवस्था भएकोमा सो व्यवस्थालाई नजर अन्दाज वा विपरित सिधै थुनाको लागि पुर्जी काटेकोमा यसलाई तुरुन्त बदर गरी कानुन बमोजिम अगाडि बढ्न अनुरोध गरेको छ।

काठमाडौंमा डा. साहको उपचार भयो, उता जुम्लामा भने पिडक भनिएका अस्पतलाका कर्मचारी धनबहादुर शाहीको तर्फबाट भदौ १३ गते डा. करण साहीको विरुद्धमा उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा दरखास्त परेको थियो।

संघका महासचिव बद्री रिजाल बिना कुनै कसूर कानुनअनुसार अनुसन्धान नै नभई पूर्वाग्रह राखी थुना पुर्जी जारी भएकोमा सो गैरकानुनी काममा संलग्न व्यक्तिहरुलाई नै कानुनी दायरामा ल्याई कडा भन्दा कडा कानुनी कारवाही गर्नुपर्ने बताउँछन्। चिकित्सकमाथि भएको अन्यायलाई ७२ घण्टाभित्र सम्बोधन नभएमा नेपाल चिकित्सक सघले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने जनाएको छ। 

पक्राउ पुर्जी जारी भएपछि संघका केही पदाधिकारीहरु गृह मन्त्रालय पुगी छलफल गरेका छन्। छलफलपछि गृहसचिव टेकनारायण पाण्डेले जिल्ला प्रहरी कार्यालयमा फोन गरी डा. साहलाई पक्राउ नगर्न आदेश दिएको चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलविक्रम कार्कीले नेपाल समयलाई बताए। कार्कीले भने, ‘कुटपिटमा परेका डा. साहविरुद्ध उल्टै पक्राउ पुर्जी जारी हुनु गम्भीर विषय हो। यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ सरकारले हालै ल्याएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) ऐन २०७९ कार्यान्वयन गर्ने विषयमा सबै गम्भीर हुनुपर्ने कार्कीले बताए। 

उता जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति मंगल रावल पनि कुटाइ खाने चिकित्सकलाई न्याय मिल्नुको साटो उल्टो पक्राउ पुर्जी जारी हुनु दुखद् भएको बताउँछन्।  'उक्त घटनापछि चिकित्सकहरु काम गर्न डराएका छन्,' डा. रावल भन्छन्, ‘हामी यस्तो घटना सहन सक्दैनौ भनी आन्दोनल गर्न थालेका छन्।’ 

पक्राउ पुर्जीबारे महान्यायधिवक्तासँग छलफल भएको उनले बताए। करण साहमाथि  झुटा मुद्दा लगाइएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित भएका छन्। उनीहरुले इमर्जेन्सी बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका छन्। 

यता नेपाल मेडिकल काउन्सिलले उपचारको विषयलाई लिएर त्यसमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पक्राउ गर्ने वा पक्राउ पुर्जी जारी गर्न नपाइने बताएको छ। काउन्सिलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सक करण साहविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको खबर सार्वजनिक भएपछि काउन्सिलले उपचारसँग सम्बन्धित कानुनी व्यवस्थाबारे जानकारी गराउँदै विज्ञप्ति जारी गर्दै पक्राउ गर्न नपाइने बताएको हो।  

उता जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति मंगल रावल पनि कुटाइ खाने चिकित्सकलाई न्याय मिल्नुको साटो उल्टो पक्राउ पुर्जी जारी हुनु दुखद् भएको बताउँछन्।  'उक्त घटनापछि चिकित्सकहरु काम गर्न डराएका छन्,' डा. रावल भन्छन्, ‘हामी यस्तो घटना सहन सक्दैनौ भनी आन्दोनल गर्न थालेका छन्।’

काउन्सिलको विज्ञप्तिअनुसार नेपाल मेडिकल काउन्सिलमा दर्ता भई चिकित्सकीय पेशा सञ्चालन गर्ने वा चिकित्सकीय कार्य गर्ने चिकित्सकहरुले कुनै व्यक्तिको स्वास्थ्योपचार गर्दा ज्यान मर्न वा अंगभंग हुन गएमा वा स्वास्थ्य उपचारको सिलसिलामा कुनै दुर्घटना हुन गएमा स्वास्थ्य उपचारमा संलग्न चिकित्सक दोषी देखिने अवस्था भएमा सो चिकित्सकको सम्बन्धमा आवश्यक अनुसन्धान गर्न मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १८९ (३) मा नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ जनाको अनुसन्धान समिति रहने कानुनी व्यवस्था छ। 

त्यस्तै, कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य उपचारका क्रममा कुनै लापरवाही वा हेलचेक्राइँ गरेको शंका लागेमा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ को इलाज सम्बन्धी कसूरको दफा २३१, २३२, २३३ र २३८ ले कानुनी उपचार सम्बन्धि कानुनी व्यवस्था गरेको र उल्लेखित दफा बमोजिमको कानुनी उपचारको कार्यविधिले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८९ को उपदफा ३ मा अनुसन्धान समितिको व्यवस्था गरेको विज्ञप्तिमा जनाइएको छ।

ती दुवै संहिताका दफाले समेत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उपचार गर्ने क्रममा त्रुटी भए पनि सुरुमै प्रहरीले पक्राउ गर्न नपाउने व्यवस्था भएको उल्लेख छ। यदि त्यस्तो भएमा काउन्सिलले तोकेको सम्वन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ जनाको अनुसन्धान समिति रहने व्यवस्था भएको र त्यसले दिएको सुझावको आधारमा मात्रै सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने व्यवस्था रहेको भनिएको छ। जुम्ला घटनामा कुटपिट गर्ने पक्षले सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरेपछि मात्रै प्रहरीले पक्राउ पुर्जी जारी गरेको बताइएको छ।

प्रकाशित: Sep 07, 2022| 09:16 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्