बुधबार, फागुन २०, २०८२

भारत र बंगलादेशबीच सात वटा सम्झौतामा हस्ताक्षर

भारत र बंगलादेशले मङ्गलबार जलस्रोत, रेलवे, अन्तरिक्ष प्रविधि, न्यायपालिका, वैज्ञानिक र प्राविधिक सहयोग र टिभी प्रसारणलगायत विभिन्न क्षेत्रका सात सम्झौतामा हस्ताक्षर गरेका छन्।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

नयाँ दिल्ली- भारत र बंगलादेशले मङ्गलबार जलस्रोत, रेलवे, अन्तरिक्ष प्रविधि, न्यायपालिका, वैज्ञानिक र प्राविधिक सहयोग र टिभी प्रसारणलगायत विभिन्न क्षेत्रका सात सम्झौतामा हस्ताक्षर गरेका छन्।

भारतको चारदिने राजकीय भ्रमणमा रहेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीमा ती सम्झौतामा हस्ताक्षर भएको हो ।

दुई प्रधानमन्त्रीले पावर प्लान्ट, एक रेलवे पुल र थुप्रै रेल लाइन परियोजनाहरू सहित विभिन्न परियोजनाहरूको संयुक्त रूपमा उद्घाटन पनि गरेका छन्।

भारतीय विदेश सचिव विनय क्वात्राले पत्रकारहरूलाई प्रधानमन्त्रीद्वय मोदी र हसिनाले जल, व्यापार, आर्थिक सम्बन्ध र क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा द्विपक्षीय विषयमा छलफल गरेको बताएका छन्। 

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भवनमा शेख हसिनालाई स्वागत गर्दै राष्ट्रपतिले मुर्मुले भनिन्, 'हाम्रो साझा इतिहास, भाषा र संस्कृतिले हामीलाई एकअर्कासँग जोडेको छ,' राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

kumari

सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा भारत र बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्ध निकै अगाडि बढेको राष्ट्रपति मुर्मुले उल्लेख गरे। उनले दुई देशले बङ्गलादेशको स्वतन्त्रताको ५०औँ वर्ष र भारत–बङ्गलादेश द्विपक्षीय सम्बन्धको स्वर्ण जयन्ती मनाउने तरिका साँच्चिकै विशेष रहेको उल्लेख गरेकी छन्। 

यी ऐतिहासिक उत्सवहरूमा भाग लिन भारतका राष्ट्रपति र प्रधानमन्त्री दुवैको भ्रमणले भारतको ठूलो महत्व देखाउँछ। बङ्गलादेशले आफ्ना जनताको सामाजिक–आर्थिक समृद्धिमा ठूलो सफलता हासिल गरेकोमा राष्ट्रपति मुर्मुले खुसी व्यक्त गरेकी छन्। । उहाँले भारतले बङ्गलादेशको विकास यात्रामा भरपर्दो साझेदारको रूपमा निरन्तरता दिने आश्वासन समेत दिए। 

प्रकाशित: Sep 07, 2022| 05:30 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।