बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाबुआमाप्रति सन्तानलाई जिम्मेवार बनाउने गरी ज्येष्ठ नागरिक ऐन : मन्त्री रेग्मी

बाबुआमाप्रति सन्तानलाई जिम्मेवार बनाउने गरी ज्येष्ठ नागरिक ऐन : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले वृद्धवृद्धा बाबुआमाप्रति सन्तानलाई नै जिम्मेवार बनाउने गरी संसद्मा ज्येष्ठ नागरिक ऐन ल्याइएको बताएकी छन्।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले वृद्धवृद्धा बाबुआमाप्रति सन्तानलाई नै जिम्मेवार बनाउने गरी संसद्मा ज्येष्ठ नागरिक ऐन ल्याइएको बताएकी छन्। 

इन्द्रेणी सांस्कृतिक समाजले आज यहाँ आयोजना गरेको ज्येष्ठ नागरिकसम्बन्धी जनचेतनामूलक कार्यक्रममा उनले बाबुआमाबाट अंश लिने तर कर्तव्य पूरा नगर्ने क्रम बढेकाले यस्तो व्यवस्था गरेर ऐन ल्याउनुपरेको बताइन्। कतै सन्तान राक्षस बन्न थालेपछि यस्तो व्यवस्था गर्नुपरेको मन्त्री रेग्मीले सुनाइन्।

'वृद्ध बाबुआमाप्रति सन्तानले जिम्मेवारी पूरा नगरे राज्यले ज्येष्ठ नागरिकका लागि काम गर्छ, त्यस्ता बाबुआमाको सम्पत्ति पनि स्थानीय सरकारले लिन्छ, सम्पत्ति नै नहुने बाबुआमालाई पनि सरकारले पाल्छ, आयआर्जन गर्ने सन्तानले आयको १० प्रतिशत बाबुआमाका लागि दिनुपर्ने व्यवस्था यसमा गरिएको छ,' उनले भनिन्।

ज्येष्ठ नागरिकसम्बन्धी नियमावली पनि मन्त्रालयले छिट्टै ल्याउने तयारी गरेको छ। वर्तमान कानूनी व्यवस्थाअनुसार सन्तानले बाबुआमालाई नहेरेको उजुरी छिमेकीले पनि दिन सक्ने गरी व्यवस्था गरिएको छ। नेपालबाट इजरायललगायत देशमा सुसारे (केयरगिभर) जाने गरेको उल्लेख गर्दै मन्त्री रेग्मीले यससम्बन्धी तालिमको व्यवस्था नेपालमै गर्न खोजिएको बताउनुभयो। तालिम लिएर बाबुआमाको हेरविचार गर्नुपर्ने नियम सरकारले बनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ज्येष्ठ नागरिकलाई राज्यले सुविधा दिएकाले भावनात्मक सम्बन्ध भने सन्तानले नै दिनुपर्ने बताइन्। सन्तानको स्याहारसुसार, मायाको औषधि विज्ञानमा ठूलो महत्व रहेको उनले सुनाइन्। 'बाबुआमालाई माया गर्ने नै नैतिकवान् नागरिक हुन्, बाबुआमा वृद्धवृद्धा भएका कर्मचारीलाई मैले घरपायक सरुवा गरिदिने गरेको छु,' मन्त्री भुसालले भनिन्। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ज्येष्ठ नागरिक संवेदनशील अवस्थामा रहने भएकाले सन्तानले ख्याल गर्नुपर्ने बताइन्। मन्त्रालयका तर्फबाट ज्येष्ठ नागरिकलाई सहज बनाउन आवश्यक सबै सहयोग गरिने वाचा उनले गरे। 

कार्यक्रममा समाजका अध्यक्ष कृष्ण कँडेल, कलाकार मनोज गजुरेल, गायकत्रय जीवन शर्मा, शिशिर योगी र दुर्गा रायमाझी, डा भोला रिजाललगायतले वृद्धवृद्धा अवस्थामा बाबुआमालाई बढी माया गर्नुपर्ने बताउँदै आफूले जस्तो व्यवहार गरियो त्यो सन्तानले पनि सिक्ने भएकाले ज्येष्ठ नागरिकका विषयमा संवेदनशील हुन आह्वान गरेका थिए। 

समाजले समस्यामा परेका ज्येष्ठ नागरिकलाई सहयोग जुटाएर गर्जो टार्न योगदान गर्दै आएको जानकारी गराइएको थियो। कार्यक्रममा जागरणमूलक सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

प्रकाशित: Sep 06, 2022| 23:45 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।