शनिबार, साउन १२, २०८१

भारतको 'अग्‍निपथ' योजनामा भद्र मौनता

'पन्छिने कुरा नै होइन। हामी राजनीति तहमा छलफल गरिरहेका छौं। दल सबै चुनावमा होमिसकेका छन्। त्यसकारण पनि तीन-चार महिना समय त लागिहाल्छ। यही अवधिमा निर्वाचन पनि हुने भएकोले नयाँ सरकार बनेपछि त्यसले नै उपयुक्त निर्णय गर्छ।'
 |  मंगलबार, भदौ २१, २०७९

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- नेपाल भ्रमणका रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेले मंगलबार रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री देउवासँगको भेटमा भारतीय सेना प्रमुख पाण्डेले भारतीय सैन्य योजना 'अग्‍निपथ'मा नेपाली गोर्खा सैनिकलाई भर्ती गर्ने विषयमा कुराकानी हुने अपेक्षा गरिएको थियो। 

triton college

प्रधानमन्त्रीसँग सिंहदरबारमा भएको भेटका क्रममा भने भारतीय सेनाध्यक्षले अग्‍निपथमा गोर्खा भर्ती गर्नेभन्दा पनि दुई मुलुकका सेनाबीचको विशिष्ट सम्बन्धको बारेमा चर्चा गरेका थिए। दुवै पक्षबीच अग्‍निपथको विषयमा कुनै कुरा नभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले जानकारी दिए। उनले भने, 'अग्‍निपथ योजना भारतीय राजनीति नेतृत्वको निर्णय भएकोले त्यहाँको सैन्य तहबाट यो कुरा उठेन। र, नेपालको राजनीतिक नेतृत्वले पनि अग्‍निपथका विषयमा सेनासँग कुनै कुरा गरेन।'

'अग्‍निपथ योजना' भारत सरकारले ल्याएको योजना भएका कारण नेपाल सरकारले सेनासँग त्यस विषयका कुनै कुरा नगरेको उनले बताए। उनले भारतीय सेनासँग कुनै विशेषभन्दा पनि औपचारिक भेटवार्ता भएको जानकारी दिए। 

'भारतीय सेना प्रमुख र प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता भयो। भेटका क्रममा नेपाल र भारतको परम्परागत र विशिष्ठ सेना-सेनाबीचको सम्बन्धको भारतीय सेना प्रमुखले प्रशंसा गर्दै गौरवपूर्ण भएको बताउनुभयो,' उनले भने, 'भारतको सेनामा रहेर सेवा गरेका नेपालीहरुले भारतीय सेना र सरकारले गौरव र प्रशंसा गरेको सुनाउनुभयो। अर्को कुरा आफूलाई मानार्थ महारथी बनाएकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभयो।'

नेपालबाट भारत र बेलायतका लागि मात्र सेना भर्ती गरिने भएकोले त्यो विश्वमा विशिष्ट सम्बन्धको नमुना भएको भन्दै सेनाध्यक्ष पाण्डेले प्रशंसा गरेको परराष्ट्र सल्लाहकार सुवेदीले जानकारी दिए। त्यसैगरी नेपाल-भारतबीचको विशिष्ट सैनिक सम्बन्धको विषयमा प्रधानमन्त्री देउवाले पनि चर्चा गरेको उनले जानकारी दिए। 'प्रधानमन्त्रीज्यूले पनि दुई मुलुकका सेनाबीचको विशिष्ट सम्बन्ध र नेपालमा विपद्‌को समयमा भारतीय सेनाले गरेको योगदानको प्रशंसा गर्नुभयो,' उनले थपे, 'त्यसैगरी प्रधानमन्त्रीज्यूले पनि मानार्थ महारथी बनेकोमा भारतीय सेना प्रमुखलाई बधाई दिनुभयो।'

Metro Mart
vianet

प्रकाशित: Sep 06, 2022| 21:42 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...