मंगलबार, वैशाख २९, २०८३

मावि तहको नेपाली विषयको लिखित परीक्षा नतिजा सार्वजनिक

अन्तर्वार्ता २५ र असोज २६ असोजमा हुने आयोगको कार्यतालिका।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

National life

काठमाडौं– शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले १५ चैत २०७८ १५ र ९ असार २०७९ मा परीक्षा सञ्चालन गरेको थियो।

आयोगको सूचनाअनुसार प्रदेश१ को सबै र मधेस प्रदेशका (क्र.सं १ देखि १० सम्मका उम्मेदवार)को अन्तर्वार्ता २५ असोज बिहान ८ बजे हुनेछ। यस्तै, मधेस प्रदेशका (क्र.सं. ११ देखि माथिका सबै) उम्मेदवार, कर्णाली प्रदेश र गण्डकीका सबै उम्मेदवार तथा बागमती प्रदेश (क्र.सं.२६ देखिमाथि सबै उम्मेदवार)को अन्तर्वार्ता २५ असोज दिउँसो २ बजे हुनेछ।

बागमती प्रदेश (क्र.सं. १ देखि २५ सम्मका उम्मेदवार), लुम्बिनी प्रदेशका सबै र सुदूरपश्चििम प्रदेशका सबै उम्मेदवारको अन्तर्वार्ता २६ असोज बिहान ८ बजे हुने कार्यतालिका रहेको आयोगले बताएको छ।

प्रकाशित: Sep 06, 2022| 12:00 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्