काठमाडौं– काठमाडौं महानगरले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। महानगरले अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन डोजर चलाएको हो।
महानगरले अवैध संरचना हटाउनेदेखि डिजिटल होर्डिङ बोर्ड हटाउनेजस्ता कार्यलाई तीव्रता दिएको छ। महानगरले आइतबार पनि कोटेश्वर क्षेत्रका अवैध संरचना हटाएको थियो। यस्तै, कर नतिर्नेलाई करको दायरामा ल्याउन महानगरले सूचना जारी गरिसकेको छ।