शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • लगानी विविधीकरणको योजनामा बिमा समिति असफल, कम्पनीका आँखा वाणिज्य बैंकको निक्षेपमा

लगानी विविधीकरणको योजनामा बिमा समिति असफल, कम्पनीका आँखा वाणिज्य बैंकको निक्षेपमा

बिमा कम्पनीको कुल लगानी रकमको करिब ७० प्रतिशत हिस्सा ‘क’ वर्गका बैंक (वाणिज्य बैंक)मा मात्रै छ। कम्पनीहरुले वाणिज्य बैंकमा मात्रै पौने चार खर्ब निक्षेप लगानी गरेका छन्।
 |  सोमबार, भदौ २०, २०७९

भीमा पन्थी

भीमा पन्थी

सोमबार, भदौ २०, २०७९

काठमाडौं– गत आर्थिक वर्ष २०७८–०७९ मा बिमा कम्पनीहरुले साढे पाँच खर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन्। नेपालमा सञ्चालित ४१ वटा बिमा कम्पनीले ५ खर्ब ५३ अर्ब २७ करोड रुपैयाँबराबरको लगानी गरेका हुन्। जीवन बिमा कम्पनीहरुले ४ खर्ब ७३ अर्ब १६ करोडभन्दा माथि लगानी गरेका छन्  भने निर्जीबन बिमा कम्पनीहरुले ५३ अर्ब ९१ करोड र पुनर्बिमा कम्पनीहरुले २६ अर्ब १८ करोड रुपैयाँ बराबर लगानी गरेका छन्। 

triton college

कुल लगानी रकमको करिब ७० प्रतिशत हिस्सा ‘क’ वर्गका बैंक (वाणिज्य बैंक)मा मात्रै रहेको छ। कम्पनीहरुले वाणिज्य बैंकमा मात्रै पौने चार खर्ब निक्षेप लगानी गरेका छन्। बिमा समितिका अनुसार ३ खर्ब ७५ अर्ब २९ करोड २६ लाख रुपैयाँ रकम ‘क’ वर्गका बैंकमा निक्षेपको रुपमा मात्रै लगानी गरेका हुन्, जुन कुल लगानीको ६७.८३ प्रतिशत हो। समितिले पनि वाणिज्य बैंकहरुमा न्यूनतम ४० प्रतिशत लगानी गर्न निर्देशन दिएको छ। 

बिमा समितिले बीमकको लगानी निर्देशिका २०७५ जारी गर्दै कम्पनीहरूको लगानी विविधिकरण गर्ने योजना अगाडि सारेको थियो। फलस्वरुप निर्देशिकामा समितिले घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्ने बाटो खोलिदिएको थियो। तर निर्देशिका आएको तेस्रो वर्षसम्म पनि कम्पनीहरुको लगानी विविधीकरण हुन भने सकेको छैन। समितिले दायर फराकिलो बनाएपछि कम्पनीको नगर भने ‘क’ वर्गका बैंकको निक्षेपबाट हट्न नसकेको हो। कम्पनीहरु आफैंले लगानीयोग्य रकम थुप्रिँदै गएको भनि त्यतिबेला लगानीको दायरा फराकिलो बनाउन समितिमा माग नै राखेका थिए। सोही बमोजिम समितिले निर्देशन जारी गरेर दायरा फराकिलो बनाएको थियो।

बिमा कम्पनीको कुल लगानी रकमको करिब ७० प्रतिशत हिस्सा ‘क’ वर्गका बैंक (वाणिज्य बैंक)मा मात्रै छ। कम्पनीहरुले वाणिज्य बैंकमा मात्रै पौने चार खर्ब निक्षेप लगानी गरेका छन्। 

बीमितबाट संकलित बिमा शुल्कलाई कम्पनीहरूले बैंकको निक्षेप, उद्योग, व्यवसायलगायतका क्षेत्रमा लगानी गर्छन्। त्यसबाट आउने प्रतिफल नै बिमा कम्पनीहरूको मुख्य आम्दानी हो। त्यसो त कुुल लगानीको ७७ प्रतिशत हिस्सा बैंकको मुद्दति निक्षेपमै केन्द्रित रहेको छ। क, ख, ग वर्ग र पूर्वाधार विकास बैंकमा गरि कुल ४ खर्ब ३० अर्ब ७९ करोड ६१ लाख भन्दा बढी रकम कम्पनीहरुले निक्षेपमा नै लगानी गरेका छन्, जुन कुल लगानीको ७७ प्रतिशतभन्दा बढी हो। 

कम्पनीहरुले विकास बैंकहरु (ख वर्ग)को मुद्दति निक्षेपमा कुल लगानीको ८.९३ प्रतिशत अर्थात् ४९ अर्ब ४१ करोड ९२ लाख रूपैयाँ लगानी रहेको छ। फाइनान्स कम्पनीहरूको मुद्दति निक्षेपमा ५ अर्ब ८३ करोड ४३ लाख रूपैयाँ लगानी गरेका छन्, जुन कुल लगानीको १.०५ प्रतिशत हो। त्यस्तै गत आर्थिक वर्षमा पुनर्बिमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ८५.३९ प्रतिशत, निर्जीवन बिमा कम्पनीहरूले ८१.५७ प्रतिशत र जीवन बिमा कम्पनीले ७७.०२ प्रतिशत लगानी गरेका छन्।

corrent noodles
Metro Mart

पूर्वाधार बैंकमा न्यूनतम ४० प्रतिशतको सीमा निर्धारण, ०.०५ प्रतिशतमात्रै लगानी 
नेपाल पूर्वाधार बैंकको मुद्दति निक्षेपमा कम्पनीहरुले कुल लगानीको ०.०५ प्रतिशत लगानी गरेका छन्। जीवन बिमा व्यवसाय गर्ने पाँच कम्पनीले ५–५ करोडको दरले २५ करोड लगानी गरेका हुन्। जबकी समितिले पूर्वाधार बैंकमा न्यूनतम ४० प्रतिशत लगानी गर्न निर्देशन दिएको छ। लगानी निर्देशिका अनुसार लगानी गर्ने पूर्वाधार बैंक कम्तिमा पाँच वर्षसम्म सञ्चालनमा आई आफ्नो हिसाब किताबको नियमित लेखापरीक्षण गरेको हुनुपर्छ। तीन वर्षसम्म नाफामा रहेको र कम्पनीको कुल रिजर्भको बढीमा १५ प्रतिशत लगानी गर्नुपर्ने सर्त रहेको छ। त्यस्तै बैंक सञ्चालनमा आएको पाँच वर्ष नपुगेमा कुल टेक्निकल रिजर्भको बढीमा पाँच प्रतिशतसम्म मात्रै एउटै बैंकमा लगानी गर्न पाउने सर्त छ।

तर, नेपालमा हाल एउटा मात्रै पूर्वाधार विकास बैंक (नेपाल इन्फ्रास्ट्रक्चर बैंक) सञ्चालनमा रहेको छ, जुन स्थापना भएको पनि पाँच वर्ष पुगेको छैन। यसले गर्दा कम्पनीहरुले पूर्वाधार बैंकमा लगानी गर्न नसकेका हुन्। यद्यपि कुल लगानीको पाँच प्रतिशतसम्म लगानी गर्न सक्ने अवस्था रहे पनि कम्पनीहरुले यता नजर भने लगाएका छैनन्।

घरजग्गामा लगानी गर्ने नेशनल लाइफ मात्रै

समितिको लगानी निर्देशिका अनुसार कम्पनीले बढीमा कुल रिजर्भको ५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था छ। तर यसप्रति बिमा कम्पनीहरुले भने रुचि नराखेको पाइन्छ। फलस्वरुप घरजग्गामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै लगानी गरेको छ। यो कम्पनीले ३६ करोड २४ लाख ८४ हजार रुपैयाँ लगानी गरेको छ, जुन कम्पनीहरूले गरेको कुल लगानीको ०.०७ प्रतिशत मात्रै हो।

कम्पनीहरूले कुल लगानीको ०.४७ प्रतिशत नेपाल सरकारको बचतपत्रमा गरेका छन्। जबकि बचतपत्रमा न्यूनतम ५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ। कम्पनीले कुल लगानीको १.९५ प्रतिशत लगानी सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गरेका छन्। समितिले प्रत्येक कम्पनीलाई यो क्षेत्रमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेको छ।

क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा कम्पनीहरूले कुल लगानीको ६.२९ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा ४.२३ प्रतिशत, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा १.३५ प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ०.२७ प्रतिशत र अन्य लगानीमा ७.५२ प्रतिशत लगानी गरेका छन्।

प्रकाशित: Sep 05, 2022| 14:00 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्