शनिबार, जेठ २, २०८३

पर्यटकमाझ आकर्षण बढाउँदै 'गोठेसिं होमस्टे'

दुर्गम पहाडी जिल्ला भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुको श्यामशिला भन्ने स्थानमा सञ्चालनमा आएको गोठेसिं होमस्टे अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

भोजपुर- भोजपुरमा खुलेको होमस्टे नपुग्ने प्रायः कमै होलान्। यहाँको अर्गानिक स्वाद र सत्कारले आन्तरिक मात्र नभएर बाह्य पर्यटकलाई समेत टेवा पुगेको छ।

National life

दुर्गम पहाडी जिल्ला भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुको श्यामशिला भन्ने स्थानमा सञ्चालनमा आएको गोठेसिं होमस्टे अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। पुष्पलाल मध्यपहाडी राजमार्ग नजिकै सञ्चालनमा रहेकाले यो होमस्टेमा आउने जानेको सङ्ख्यासमेत बढ्दै गएको छ।

कोरोना सङ्कटका कारण केही समय होमस्टेमा आउने जानेको सङ्ख्यामा कमी आएको भए पनि अहिले भने यहाँ फेरि उल्लेख्यमात्रामा मानिसको आवतजावत हुने गरेको छ। नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ लाई सूचीकृत गरेसँगै यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ।

फुर्सदलाई सदुपयोग गर्दै आफ्नो परिवार, साथीभाइसँग टेम्केडाँडा घुम्न आउने पर्यटकका लागि ‘गोठेसिं होमस्टे’ पनि प्रमुख रोजाइमा परेको घुम्नका लागि त्यहाँ पुगेका स्थानीयवासी दीवराज भारतीको भनाइ छ। भारतीले भने, 'स्थानीयस्तरमा सञ्चालनमा आएको यस्तो पर्यटकीय क्षेत्रमा खुलेको होमस्टेको संरक्षण र सम्वर्द्धनमा सबै पक्ष जुट्नुपर्छ।' 

यो होमस्टे सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा पर्छ। मीठो किराँती संस्कारको न्यानो अतिथि सत्कार, मीठो अर्गानिक खाना र आरामदायी सस्तो बासस्थानबाट सुन्दर प्राकृतिक सुन्दरता नियाल्ने पर्यटकका लागि यो होमस्टे जिल्लामा पर्यटकीय गन्तव्य बन्दै गइरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतको भनाइ छ। 

'प्राकृतिक सुन्दरता र पारिवारिक वातावरणमा रम्न चाहनेका लागि यो होमस्टे एकदमै राम्रो रहेछ', पारिवारिक वातावरण, किराँती संस्कृति र स्वादिष्ट परिकारले होमस्टेको बसाइ रमाइलो भएको उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताए। 

अध्यक्ष मोक्तानले भने, 'भोजपुरवासी तथा बाहिरबाट आउने पनि एकपटक भए पनि यो होमस्टे पुग्नुभएकै हुन्छ, सडक सञ्जालमा जोडिएकाले पनि यो होमस्टे सुविधा सम्पन्न छ।' कुनै कार्यक्रम होस् वा रमाइलो गर्न लागि पनि यो ठाउँ उपयुक्त रहेको स्थानीयवासीको धारणा छ। 

होमस्टेमा अर्गानिक स्वाद र सत्कार पाइने गरिएकाले यो होमस्टेले आन्तरिक तथा बाह्य पर्यटनमा समेत टेवा पुर्‍याएको छ। होमस्टेलाई टेम्केमैयुङ गाउँपालिकाका साथै प्रदेश सरकारले समेत सहयोग गरेको सञ्चालक प्रकाश राईले बताए। यहाँ घुम्न आउने पर्यटकका लागि एकमात्र आरामदायी बिसौनी बनेको गोठेसिं होमस्टेमा बस्न नचाहने कमै हुन्छन्। सन्ताउन्न रोपनी जग्गामा सञ्चालनमा रहेको होमस्टेमा टेम्के र चखेवाडाँडाको अवलोकनपछि विश्राम गर्ने पर्यटकको आगमन पनि हुने गरेको छ। 

होमस्टेमा अहिले व्यवस्थापन गर्दै बासघर, कटेज थप्न सुरु गरिएको छ। पर्यटकको स्वादका लागि माछाको परिकारका लागि सञ्चालक राईले पोखरी बनाएर ट्राउट माछा पाल्ने भएका छन्। 'स्थानीयस्तरमा उत्पादित सामग्रीलाई सदुपयोग गर्दै, कृषि पर्यटनको प्रवर्द्धन र स्थानीयवासीलाई पनि रोजगारीको अवसर दिलाउने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याएको हूँ', सञ्चालक राईले भने। 

होमस्टेलाई प्रवर्द्धन र प्रोत्साहन गर्न टेम्केमैयुङ गाउँपालिकाले भौतिक पूर्वाधारको पहुँचसमेत पुर्‍याएको छ। गाउँपालिकाले होमस्टेसम्म बिजुली बत्ती र सडक पुर्‍याउन मद्दतसमेत गरेको छ। यही क्षेत्रमा रहेको सुन्दर टेम्केडाँडा चुचुरोबाट तराईका सुन्दर हरिया फाँटहरु, कञ्चनजङ्घा, मकालुलगायत उत्तरतर्फ सेताम्मे मनोरम हिमशृङ्खला, सुन्दर हरिया डाँडाखर्क, खोटाङको दिक्तेल र भोजपुर सदरमुकाम र अनगिन्ति प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन सकिन्छ।   -रासस

प्रकाशित: Sep 05, 2022| 09:49 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।