काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्नका लागि स्पष्टिकरण माग गरेको छ।
सोमबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले समयमै काम सम्पन्न नगर्ने ती कम्पनी तथा व्यवसायीलाई स्पष्टिकरण माग गरेको हो।
कालोसूचीमा राख्नका लागि विभिन्न सरकारी निकायहरूले गरेको सिफारिसपछि कार्यालयले ती कम्पनी तथा व्यवसायीलाई स्पष्टिकरण सोधिएको छ। ३० दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न कार्यालयले भनेको छ।