शनिबार, जेठ २, २०८३

मोरङमा अवैध सामानसहित ट्रक प्रहरी नियन्त्रणमा

भन्सार छली गरी भित्रिएको करिब ३६ लाख रुपैयाँ बराबरको अवैध सामानसहित मोरङ प्रहरीले एक ट्रक नियन्त्रणमा लिएको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

मोरङ- भन्सार छली गरी भित्रिएको करिब ३६ लाख रुपैयाँ बराबरको अवैध सामानसहित मोरङ प्रहरीले एक ट्रक नियन्त्रणमा लिएको छ।

National life

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार विराटनगरको रोडशेष चौकबाट अवैध रूपमा भारतबाट भित्रिएको विद्युतीय सामग्रीसहित ना३ख ३०८७ नम्बरको ट्रक बरामद गरेको हो। सोही क्रममा विराटनगर १६ बसोबास गर्ने ५६ वर्षीय ट्रक चालक रामविवेक मेहतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अुनसार सो सामग्री भारतबाट नेपालतर्फ भन्सार छली गरी भित्र्याइएको हो।

प्रहरीले हाल सामग्रीसहित ट्रक सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ।

प्रकाशित: Sep 05, 2022| 08:55 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।