शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट, दुई जना पक्राउ

प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट, दुई जना पक्राउ

प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

चितवन- प्रहरीको नक्कली परिचय पत्र देखाएर  लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

National life

कालिका नगरपालिका–८ जुटपानी–शक्तिखोर सडकखण्डको गैरिवारीचोकबाट ना३५प ६५२० नम्बरको स्कुटरसहित विशाल पौडेल र विजय महत नाम गरेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

भदौ १८ गते बिहान करिब साढे ११ बजेको समयमा कालिका–८ गैरीवारीमा आइसक्रिम तथा कुल्फी बेच्दै हिँडेका भारतीय नागरिक ४७ वर्षीय वीरेन्द्र साहलाई उनीहरूले ‘हामी प्रहरी हो’ भन्दै प्रहरीको नक्कली कार्ड देखाई धाकधम्की दिई नगद पाँच हजार ४०० रुपैयाँ लुटेर भागेका थिए।

डाँका गर्ने मानिसको खोज तलास गर्ने क्रममा सोही दिन साढे १ बजे आरोपितलाई स्कुटर र प्रहरी सहायक निरीक्षक विशाल पौडेल लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्रसहित  पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए। 

उनीहरूमाथि  चोरी तथा डाँका सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको अधिकारीले बताए।

प्रकाशित: Sep 05, 2022| 08:35 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।