बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानको हेलमाण्ड विस्फोटमा तीन बालबालिकाको मृत्यु

अफगानिस्तानको हेलमाण्ड विस्फोटमा तीन बालबालिकाको मृत्यु

अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काबुल- अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्।

प्रान्तीय प्रहरी प्रवक्ता अहमद जानले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उक्त घटना शनिबार दिउँसो हिवाद बजार क्षेत्रमा भएको बताएका छन्।  रिपोर्टका अनुसार मारिने सबै विद्यार्थी थिए। शुक्रबार पश्चिमी हेरात प्रान्तमा भएको घातक विस्फोटमा प्रसिद्ध धर्मगुरु सहित २० जनाको मृत्यु भएको थियो।

हेरात शहरको गुजरगाह मस्जिदमा स्थानीय समय अनुसार राति १२:४० बजे बम विस्फोट भएको खामा प्रेसले तालिवानद्वारा सञ्चालित अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको थियो। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले प्रार्थनाको नेतृत्व गर्ने मौलवी मुजिब रहमान अन्सारीलाई "धर्मका शत्रुहरू" द्वारा गरिएको कायरतापूर्ण आक्रमणमा मारिएको बताएका छन्।

गत महिना राजधानी काबुलमा दर्जनौं निर्दोषको ज्यान लिने यस्ता  थुप्रै विस्फोटहरू भएका थिए। अफगानिस्तानमा तालिबान शासनको एक वर्ष पूरा हुँदै गर्दा यस्ता थुप्रै शृङ्खलाबद्ध विस्फोटहरू भएका छन्। अधिकार समूहहरूले तालिबानले मानवअधिकार र महिला अधिकारको सम्मान गर्ने  अनेक वाचा तोडेको बताएका छन्।

गत वर्ष अगस्टमा काबुल कब्जा गरेपछि इस्लामिक अधिकारीहरूले महिला र बालिकाहरूको अधिकारमा गम्भीर प्रतिबन्धहरू लगाएका छन्। मिडियालाई दबाएका छन् भने  सञ्चारकर्मीहरूलाई मनोमानी रूपमा हिरासतमा राख्दै यातना दिएका छन्,।  आलोचकहरू र विरोधीहरू विरुद्ध विभिन्न लाञ्छाना लगाएका छन्। 

kumari

प्रकाशित: Sep 04, 2022| 23:50 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।