शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्लुङ नगरापलिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा

बाग्लुङ नगरापलिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्वजनप्रतिनिधिसहित पाँच जनाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्वजनप्रतिनिधिसहित पाँच जनाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। 

National life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा ढुङ्गा, गिट्टी तथा बालुवा विक्रीबापत बागलुङ नगरपालिकालाई हानी नोक्सानी हुनेगरी गण्डकी प्रदेशको कानुनबमोजिम तोकिएको दरभन्दा कम कर उठाएको ठहर गर्दै पूर्वनगरप्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवि उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य–सचिव काशिराम शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

भण्डारीका अनुसार गण्डकी प्रदेशले तोकेको दरभन्दा कम कर सङ्कलन गरी नेपाल सरकारलाई रु १७ लाख ४० हजार ६६ हानी नोक्सानी पुर्‍याइ भ्रष्टाचारजन्य कार्य गरेको पुष्टी हुन आएकाले पूर्वजनप्रतिनिधि र कर्मचारलाई विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।

पूर्वजनप्रतिनिधि कर्मचारीलाई हानी नोक्सानी पुर्‍याएको रकमको दोब्बर रु ३४ लाख ८० हजार एक सय ३२ जनप्रतिनिधि र कर्मचारीलाई प्रतिव्यक्ति बिगो दाबीगरी मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

प्रकाशित: Sep 04, 2022| 22:50 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।