शनिबार, जेठ २, २०८३

अवैधरुपमा ल्याइएको २० क्‍विन्टल चिनी बरामद

झापाको झापा बाह्रदशी गाउँपालिका-३ राजगढ बजारस्थित रहेको पशु हाटको खाली सार्वजनिक स्थानमा अवैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई राखेको जम्मा ४० बोरा (२० क्विन्टल) चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

National life

काठमाडौं- भारतबाट अवैधरुपमा ल्याउन लागिएको २० क्‍विन्टल चिनी बरामद गरिएको छ। झापाको झापा बाह्रदशी गाउँपालिका-३ राजगढ बजारस्थित रहेको पशु हाटको खाली सार्वजनिक स्थानमा अवैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई राखेको जम्मा ४० बोरा (२० क्विन्टल) चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन्। 

उनका अनुसार भन्सार छली ल्याइएको करिब एक लाख ३० हजार बराबरको चिनी बरामद गरिएको हो। उनले भने, 'इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको टोलीले उक्त चिनी बरामद गरेको हो।' 

बरामद गरिएको चिनी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय झापालाई बुझाएको पनि उनले बताएका छन्। 


प्रकाशित: Sep 04, 2022| 20:25 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।