आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।

ठेकेदारसँग मिलेर प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलनमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहितविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

भ्रष्टाचार आरोपमा तत्कालीन वडाध्यक्ष जीवन आचार्य, प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र राजस्व शाखा सदस्य सचिव काशिराम शर्माविरुद्ध मुद्दा दायर भएको हो। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ख) अनुसार विशेष अदालतमा मुद्दा दायर गरी अख्तियारले १ करोड ७४ लाख बिगो दाबी गरेको छ।

उनीहरूले बागलुङ नगरपालिकाले ढुंगा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा १७ लाख ४० हजार रुपैयाँ नोक्सानी गरेको आरोप अख्तियारको छ।

प्रकाशित: Sep 04, 2022| 16:24 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।