आइतबार, जेठ ३१, २०८३

रोकिएको 'राधा' पुनः प्रदर्शन हुने

हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकिएको फिल्म 'राधा' पुनः रिलिज हुने भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकिएको फिल्म 'राधा' पुनः रिलिज हुने भएको छ।

National life

फिल्मका निर्देशक सुवर्ण थापाले कथावस्तु राम्रो हुँदाहुँदै पनि अधिकांश दर्शकले हेर्न नपाएको गुनासो गरेपछि देशका प्रमुख सहरमा चाँडै पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिएका छन्। हलमा नियमित प्रदर्शनका साथै च्यारिटी र विशेष शो समेत आयोजना गरिने उनले बताए।

यही भदौ १० गते रिलिज भएको फिल्मले हलमा राम्रो शो नदिएर अन्याय गरेको भन्दै गत मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रदर्शन रोक्ने निर्णय गरेको थियो। ‘राधा’ सँगै नेपाली ‘प्रकाश’ र तेलुगू फिल्म लाइगर पनि प्रदर्शनमा आएका थिए। दुवै फिल्म अहिले हलमा लागिरहेका छन्। ‘लाइगर’लाई बढी शो दिएर आफ्नो फिल्मलाई कम दिएको भन्दै ‘प्रकाश’ले विरोध जनाएपछि उसले भने राम्रै शो पाइरहेको छ।

सौगात मल्लले निर्माण गरेको ‘राधा’ मा हराएका पति खोज्न एकल आमाले गरेको संघर्षको कथा छ। फिल्मको केन्द्रीय भूमिकामा सृष्टि श्रेष्ठ छिन् भने दयाहाङ राई, खगेन्द्र लामिछाने, सौगात मल्ल, मेनुका प्रधान र बुद्धि तामाङले पनि अभिनय गरेका छन्।

प्रकाशित: Sep 04, 2022| 16:11 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।