बिहीबार, साउन १४, २०८३

श्रीमतीको हत्या आरोपमा स्याङ्जामा श्रीमान् पक्राउ

स्याङ्जामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्‌ पक्राउ परेका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका-८ का ४० वर्षीय गोपाल दमै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका हुन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

कास्की- स्याङ्जामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्‌ पक्राउ परेका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका-८ का ४० वर्षीय गोपाल दमै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका हुन्।

उनले श्रीमती ४२ वर्षीया मञ्जुलाई भदौ १४ गते कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइते मञ्जुको टाउकोमा गहिरो चोट लागेको थियो। उनलाई जिल्ला अस्पतालमा उपचारका लागि लगे पनि त्यहाँ सम्भव हुन नसकेपछि थप उपचारका लागि गण्डकी शिक्षण अस्पताल पोखरा रिफर गरिएको थियो।

मञ्जुको उपचारको क्रममा १५ गते चिकित्सकले मृत घोषण गरेको स्याङ्जा प्रहरीले जनाएको छ। उनका श्रीमान‍्लाई बिहीबार पक्राउ गरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा चलाइएको प्रहरीको भनाइ छ।

प्रकाशित: Sep 04, 2022| 11:36 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।