आइतबार, जेठ ३१, २०८३

चलचित्र ‘प्रकाश’मा राजनीतिक पूर्वाग्रह भएको शिक्षामन्त्रीको आरोप

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले चलचित्र ‘प्रकाश’ राजनीतिक पूर्वाग्रहसहित निर्माण गरिएको जनाएका छन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले चलचित्र ‘प्रकाश’ राजनीतिक पूर्वाग्रहसहित निर्माण गरिएको जनाएका छन्। शनिबार राजधानीको विश्वज्योति चलचित्र घरमा ‘प्रकाश’ हेरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले चलचित्रमा राखिएका कतिपय दृश्य र बिम्ब राजनीतिक पूर्वाग्रहसहित प्रयोग गरिएको आफूले बुझेको बताए।

National life

चलचित्र जनयुद्ध लडेर आएको पार्टीप्रति लक्षित गरिएको भन्दै उनले चलचित्रले देखाएका केही प्रसंगमा आपत्तिसमेत जनाए। 'चलचित्रमा कम्युनिस्ट पार्टीको झण्डाको प्रयोग गरिएको छ भने माओवादी जनयुद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंग पनि जोडिएको छ। यस्ता बिम्ब राजनीतिक आस्थासँग जोडिएर प्रस्तुत भएको पाइयो,' उनले भने।

चलचित्र हेर्दा शिक्षकसँग सम्बन्धित भन्दा पनि एउटा आस्थासँग सम्बन्धित देखेको उनको प्रतिक्रिया थियो। 'राजनीतिसँग सम्बन्धित त्यहाँ प्रस्तुत गरेको झण्डा, त्यहाँ प्रस्तुत गरेको बिम्ब, आफैँ पनि सहिदको छोरा, विकृति गर्नेलाई निर्वाचन जिताएको त्यही सम्बन्धित पार्टीबाट, त्यसको सन्देश शिक्षासँग भन्दा पनि राजनीतिसँग सम्बन्धित भएर फिल्म प्रकट भएको मलाई महसुस भयो,' उनले भने।

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेतासमेत रहेका पौडेल जनयुद्धमा होमिएका नेता हुन्। जनयुद्ध हुँदै राज्य सत्तामा पुगेका उनले सुरुदेखि अन्तिमसम्म चलचित्रमा जसरी एउटा चित्र देखाउन खोजिएको छ, त्यसलाई चलचित्र बनाउने आफैँले पनि समीक्षा गर्नु पर्ने बताए। उनले चलचित्र एउटा आन्दोलनसँग जोडिएको भन्दै जुन स्थानको कथा देखाइएको त्यहीका जनताले यो कति यथार्थ हो भनेर फैसला गर्ने जनाए। 

‘फिल्मको अन्त्यमा जे देखाइयो त्यो हो की होइन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने कुरा हो,’ उनले भने। त्यहाँका जनताको विश्वास त्यही जनयुद्ध लडेको पार्टीप्रति नै पौडेलको दाबी थियो।

Shivam cement

नेपालमा शिक्षाको स्तर चलचित्रमा प्रस्तुत भएको भन्दा धेरै अघि बढेको भन्दै उनले सामुदायिक विद्यालयको अवस्था पनि सुधारिएको जनाए। अहिले शिक्षामा धेरै सुधार भइसकेको भन्दै उनले ४० वर्ष पहिलेको जस्तो गरी देखाउन नहुने जनाएका छन्। 

चलचित्रमा प्रयोग गरिएका बिम्ब अनुभूति गर्दा केही सन्देश दिन खोजेको महसुस् भए पनि समावेशी सम्बन्धी जे प्रकट गर्न खोजेको त्यो त्यति क्लियर नभएको उनले जनाए। उनले भने, ‘समावेशी भनेर समुदायको, राज्यका सबै निकायको प्रतिनिधित्व गर्ने कुरा संविधानले भनेका कुरा र त्यो मुभमेण्टसँग त्यहाँ प्रस्तुत गर्न खोजिएका कुराको तादम्यता खासै मेल खाएको देखिँदैन।’

समग्रमा चलचित्र राम्रो बनेको र एउटा सन्देश दिन खोजेको भन्दै उनले चलचित्रमा प्रस्तुत गरिएको समावेशीको र गरिबिको कुराप्रति भने ऐक्यबद्धता रहेको बताए।

दिनेश राउतको निर्देशन रहेको चलचित्रलाई विकास सुबेदीले लेखेका हुन्। महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, राजन खतिवडा, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रले दोस्रो सातामा पनि उत्कृष्ट व्यापार गरिरहेको निर्माण टिमले जनाएको छ। वितरक रोहित कट्टेलले दोस्रो हप्तामा पनि चलचित्र अधिकांश शोमा हाउसफूल भएको जनाए।

प्रकाशित: Sep 04, 2022| 11:32 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।