काठमाडौं- नागरिक लगानी कोषको कायम मुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी शुसीलकुमार अर्याललाई दिइएको छ। केही दिनअघिदेखि रिक्त रहेको उक्त जिम्मेवारीमा अर्याललाई दिएको हो ।
कोष सञ्चालक समितिको बुधबार अबेर बसेको बैठकले अर्याललाई जिम्मेवारी दिएको जनाइएको छ।
नेपाल ब्यवस्थापन संघ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेको अर्याल यसअघि कोषको मुख्य ब्यवस्थापक पदमा कार्यरत रहेको बताइएको छ । कोषअनुसार अर्यालले बाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानूनमा बिएल गरिसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४