शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्रोत नखुलेको साढे ३९ लाखसहित नागढुङ्गाबाट एक युवक पक्राउ

स्रोत नखुलेको साढे ३९ लाखसहित नागढुङ्गाबाट एक युवक पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रकमसहित एक जनालाई नागढुङ्गाबाट पक्राउ गरेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- नेपाल प्रहरीले स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रकमसहित एक जनालाई नागढुङ्गाबाट पक्राउ गरेको छ।

National life

प्रहरी प्रभाग (नागढुङ्गा) को टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको ना४ख ९६७४ नम्बरको बसमा नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर (काठमाडौं)का प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बसको ‘ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराई पक्राउ परेको जानकारी दिए। पक्राउ परेका भट्टराईसँग प्रहरीले झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ।

भट्टराईलाई प्रहरी वृत्त (थानकोट)बाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।

प्रकाशित: Sep 04, 2022| 08:00 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।