बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६ हजार ९ सय थान नक्कली नोट बनाउन पुग्ने सामग्रीसहित एक पक्राउ

६ हजार ९ सय थान नक्कली नोट बनाउन पुग्ने सामग्रीसहित एक पक्राउ

उनको साथबाट प्रहरीले ६ हजार ९ सय थान नक्कली नोट बनाउन पुग्ने कागज बरामद गरेको छ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- नक्कली नोट बनाउने कागज बण्डलसहित एक जना पक्राउ परेका छन्। नुवाकोट जिल्ला साविक ककनी गाविस-५ स्थायी घर भएका ३२ वर्षीय हिरामान लामा पक्राउ परेका हुन्। 

उनको साथबाट प्रहरीले ६ हजार ९ सय थान नक्कली नोट बनाउन पुग्ने कागज बरामद गरेको छ। उक्त परिणामको कागजसहित उनलाई गोडैता नगरपालिका-३ सिमरा भगवतीपुरबाट भदौ १७ गते राति सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।   

उनको साथबाट ५७ हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको छ। उनीमाथ अनुसन्धान तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Sep 03, 2022| 20:31 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।