शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज नेपाल आउँदै भारतीय सेना प्रमुख मनोज पाण्डे, यस्तो छ भ्रमण कार्यक्रम

आज नेपाल आउँदै भारतीय सेना प्रमुख मनोज पाण्डे, यस्तो छ भ्रमण कार्यक्रम

नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति भण्डारीले सोमबार नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आउँदै छन्। नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्न प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा भारतीय सेना प्रमुख मनोज पाण्डे आइतबार नेपाल आउने भएका हुन्। 

National life

नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति भण्डारीले सोमबार नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी जनाएको छ। 

भ्रमणका क्रममा भारतीय प्रधानसेनापतिले रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्नेछन्। पाँच सदस्यीय भ्रमण टोलीका साथ भारतीय सेनापति नेपाल आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ। 

भदौ २३ सम्म नेपालमा रहँदा भारतीय सेना प्रमुख पाण्डेले सैनिक मञ्‍च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण, जंगी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम छ।

त्यसैगरी भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप दिइने विविध सामग्री हस्तान्तरण कार्यक्रम पनि रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। यसअघि गत महिना नेपाली सेनाले भारतसँग दुईवटा हेलिकोप्टर अनुदानमा मागेको थियो। 

भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाका कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

प्रधान सेनापति शर्मालाई गत वर्ष भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाध्यक्षको दज्र्यानी चिह्नसहित सम्मान गरेका थिए। नयाँ सेनापति नियुक्त भएपछि दुवै मुलुकका राष्ट्रपतिले नवनियुक्त छिमेकी मुलुकका सेनापतिलाई आफ्नै देशको सेना प्रमुखसरहको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गर्ने विशेष प्रचलन छ। 

७ दशकदेखिको परम्परा

नेपाल र भारतका सेनामा एकअर्का मुलुकका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापति मान्ने विशिष्ट र ऐतिहासिक परम्परा वि.सं. २००७ देखि नै सुरु भयो। २००७ सालमा तत्कालीन भारतका सेनाका फिल्ड मार्सल (स्थल सेना प्रमुख) के कोडन्देरा मदप्पा करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापति वा महारथीको दज्र्यानी चिह्न प्रदान गरी सम्मान गरिएको थियो। 

वि.सं २०२६ मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई भारतीय सेनाको तर्फबाट पहिलो पटक मानार्थ स्थल सेनाध्यक्षको दर्ज्यानी चिह्न तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यही ऐतिहासिक तथा विशिष्ट परम्परालाई निरन्तरता दिँदै भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी  चिह्नबाट सम्मान गर्ने तयारी छ। 

विभिन्न संकटमा दुवै देशका सेनाले एकअर्काका सारथि बनेर विशिष्ट परम्पराको महत्वलाई आत्मसात् गरेका छन्। वि.सं. २०७२ को विनाशकारी भूकम्प तथा १२ वर्षे सशस्त्र द्वन्द्वका बेला भारतीय सेनाले नेपाली नागरिक र नेपाली सेनालाई पु-याएको योगदान अतुलनीय भएको सुरक्षा विश्लेषकहरुले बताउने गरेका छन्। नेपालमा संविधान जारी भएपछि भारतीय पक्षले सुरु गरेको अघोषित नाकाबन्दी खुलाउन नेपाली सेना र भारतीय सेनाले गरेको प्रयासको पनि चर्चा हुने गरेको छ।  भारतको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय सुरक्षामा तैनाथ गोर्खा बटालियनले गर्दै आएको योगदान पनि अतुलनीय छ। 

नेपाली सेना र भारतीय सेनाबीच अनुभव तथा सैन्य सीप आदानप्रदान गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रकारका सैन्य अभ्यास, तालिम तथा सेमिनार हुँदै आएका छन्। विसं २०४५ जेठदेखि २०४८ वैशाखसम्म भारतमा सञ्चालन भएको इन्जिनियर अफिर डिग्री इन्जिनियरिङ (ईओडीई) मा नेपाली सेनाको ब्याच नम्बर–१२२७ बाट सह–सेनानी शेखर सिंह बस्न्यात सहभागी तालिम आदानप्रदानको क्रम सुरु भयो। 

वि.सं. २०४७ देखि हालसम्म भारतमा सञ्चालन भएका विभिन्न तालिममा नेपाली सेनाका रथी तथा अधिकृतसहित दुई हजार ४२७ जना सैनिक अधिकारी तथा एक हजार ३७८ जना अन्य दर्जाका नेपाली सैनिक सहभागी भएका छन्। भारतीय सेनाद्वारा सञ्चालित राष्ट्रिय प्रतिरक्षा कलेज (एनडीए) सैन्य सुरक्षाको दृष्टिले विश्वको उत्कृष्ट प्रतिरक्षा कलेजअन्तर्गत पर्छ। विश्वभरका सैनिकको अध्ययनको रोजाइमा पर्ने उक्त कलेजमा सञ्चालित एनडीए कोर्षमा भारतीय सेनाले नेपाली सेनाका अधिकारीलाई उच्च प्राथमिकतामा राखेर सहभागी गराउँदै आएको छ।

विसं २०४९ देखि हालसम्म एनडीए कोर्षमा ३३ जना नेपाली सेनाका रथी तथा अधिकृत सहभागी भइसकेका छन्। हाल चारजना सैनिक अधिकृत सो कलेजमा तालिमरत छन्। भारतीय सेनाले सञ्चालन गर्ने अर्को महत्वपूर्ण तालिम हो ‘डिफेन्स सर्भिस स्टाफ कलेज कोर्ष’ (डिएसएससी) यसमा समेत नेपाली सेनालाई विशेष रूपमा सहभागी गराइँदै आएको छ।

प्रकाशित: Sep 04, 2022| 06:35 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।