काठमाडौं– वरिष्ठ कलाकार हरिवंश आचार्यले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आउँदो प्रतिनिधिसभा चुनावमा उठ्न लागेकामा शुभकामना दिएका छन्।
विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आचार्यले घिसिङलाई जितको अग्रिम शुभकामना दिएका हुन्। कुलमानले प्राधिकरणको नेतृत्व गर्दा विदेशमा बिजुली बेचिन थालको भन्दै उनले प्रशंसा गरे ।
विद्युत् क्षेत्रमा भएका उपलब्धि कुलमानकै कारण सम्भव भएकाले राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजान कोसिस गर्ने उनको भनाइ छ। नेकपा माओवादी केन्द्रले काठमाडौंबाट आगामी ४ मंसिरमा हुने चुनावमा उम्मेदवार बनाउन लागेको चर्चा चलिरहेको छ।
‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमै स्टाटस लेखेर राखेका थियौं। त्यसमा यति धेरै फिडब्याक आयो, उहाँजस्तो मानिस चाहिन्छ भनेर,’ आचार्यले भने, ‘राम्रो मान्छेलाई जसले पनि लैजान्छन्। लैजाने रे भन्ने हल्ला सुनेका छौं। उहाँलाई शुभकामना।’