शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतको उत्तराखण्डमा बस दुर्घटना : चार नेपालीको मृत्यु, १४ जना घाइते

भारतको उत्तराखण्डमा बस दुर्घटना : चार नेपालीको मृत्यु, १४ जना घाइते

भारतको उत्तर प्रदेश बाराबंकीमा शनिबार बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ। उक्त दुर्घटनामा १४ जना घाइते भएका भएको एनडीटीभीले जनाएको छ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- भारतको उत्तर प्रदेश बाराबंकीमा शनिबार बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ। उक्त दुर्घटनामा १४ जना घाइते भएका भएको एनडीटीभीले जनाएको छ।

National life

नेपालगञ्‍ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको बसलाई तीव्रगतिमा आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो।

भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबंकी नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। सो घटनामा परी बाँके राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू, दाङ बेलतापुरका चक्रबहादुर वलीको मृत्यु भएको र एक मृतकको सनाखत हुनसकेको छैन।

दुर्घटनामा परेका बाँके बैजापुरका ५० वर्षीय रावत, ४० वर्षीय अमरबहादुर, बारबर्दियाकी ३५ वर्षीया रीताकुमारी थारू, दाङका २८ वर्षीय कृष्ण, रुकुमका ४० वर्षीय कालीबहादुर र तनहुँका ४० वर्षीय हरिशरणको अवस्था जटिल रहेकाले उनीहरूलाई लखनउस्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ। सल्यान घुइयाबारीका २९ वर्षीय बहादुर राना, पद्मा राना, बाँके बिनौनाका १७ वर्षीय मनोज, मनमती कौर, १९ वर्षीय सुनील थारू, १६ वर्षीय विजय थारू, १८ वर्षीय हरि योगी र सन्तोष पनि घाइते भएकाले उनीहरुलाई बाराबंकीस्थित जिल्ला अस्पतालमा उपचार गराइरहेको जनाइएको छ।

प्रकाशित: Sep 03, 2022| 16:12 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।