शनिबार, जेठ २, २०८३

भरतपुरमा विद्युतीय तार भूमिगत गर्ने कार्यको सुरु

भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको विद्युतीय तार भूमिगत गर्ने कार्यको सुरुवात भएको छ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

भरतपुर- भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको विद्युतीय तार भूमिगत गर्ने कार्यको सुरुवात भएको छ। शनिबार भरतपुरमा एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको संयुक्त रूपमा शिलान्यास गरेका हुन्। 

National life

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा एसियाली विकास बैंकको ऋण सहयोगमा पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भरतपुरमा कार्य सुरुवात गरिएको हो।

परियोजना शिलान्यास कार्यक्रममा बोल्दै प्रचण्डले विद्युतीय दुर्घटनाबाट जोगाउन, सहरी सौन्दर्यीकरण र विकासको लागि पनि विद्युतीय तार भूमिगतको काम आवश्यक रहेको उल्लेख गरे। भरतपुर महानगरलाई भूमिगत विद्युत् प्रणालीले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। 

देशको मध्यभागमा रहेको चितवनमा भएको विकासको गतिको सन्देश देशभरि जाने बताए। 

यस्तै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय तार भूमिगत परियोजनाको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले प्राधिकरणले अहिले १६ अर्ब नाफामा रहेको उल्लेख गरे। 

भारतलाई दैनिक विद्युत् बेचेरै दैनिक १० करोडदेखि १२ करोडसम्म भारतीय रकम कमाइराखेको उनले बताए। आयोजनाका प्रमुख वीरेन्द्र कुमार झाका अनुसार कास्कीको पोखरा वितरण केन्द्र र चितवनको भरतपुर वितरण केन्द्र अन्तर्गत पर्ने मुख्य मुख्य सहरी सडकहरूको लाइन भूमिगत गर्ने तथा ट्रान्सफरमरहरू सुदृढीकरण  गर्ने र अप्टिकल फाइबर केबल  बिछ्याउने लगायतका कार्यक्रम परियोजनाअन्तर्गत रहेका छन्। 

आयोजना निर्माणको ठेक्का श्री टाटा प्रोजेक्ट्स भारतले पाएको छ। आयोजना २०२४ जनवरी १९ मा सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।

प्रकाशित: Sep 03, 2022| 13:56 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।